Sunday, December 20, 2009

गजल------------------------

सीधा कुरालाई टेढो कहिल्यै नबनाउनु
अरूलाई जाली बातले कहिल्यै नफकाउनु

बेसै होला नजानु परिणाम खराब पाए
झूटो कुरामा मीठो सपना कहिल्यै नसजाउनु

भुल्या छैन तल्लाघरका कान्छा दाइ बिदेशिएको
त्यसैले बाह्य झिलीमिलीमा मन कहिल्यै नलगाउनु

समयलाई सधै सम्झी बुझी हिंड्नु है
जताततै मन खोली आंशु कहिल्यै नबगाउनु

आंखा चिम्ली एउटा मनको बत्ती बाली हेर
सत्य बोल्न भन्छिन् ँलक्ष्मी' कहिल्यै नडराउनु
-लक्ष्मी शाक्य
वीरगंज

Sunday, December 13, 2009

आज रातमा मैले सपना देखें

उत्तर तिरको शिखर मौन थियो
तराई र पहाड को निकटता टुटेझै
कतै सद्यन्त्रकारीले बलजफत,
घनिस्टता लुटेझै।
महाकालीका छालहरुले स्वतन्त्रताको माग,
गरिरहेका थिए।
कोशीको बिक्षिप्त हिडाईमा ब्रेक मार्ने पराईहरु
एन जि ओ आइ एन जि ओ द्वारा डलर भरिरहेका थिए।
फेरी कोही भने,
राष्ट्रियता, अखण्डता, स्वाधीनताको लागि ,
निस्फिक्री सँग लडिरहेका छन।
बुज्न निकै कठिन थियो,
थेरै जसोले आफ्नो असुहाउदो अनुहार बङाउदै,
राष्ट्रको आजाद दिनहुं नङाउदै।
तिनै भन्दै थिए जनता को लागि भनेर,
हो, आज रातमा मैले यस्तो सपना देखें।


गण्डकीको हिडाई अनौठो थियो।
कर्णाली भन्दै थियो,
मेरो ईज्जत लुटाईदैछ भनी,
बागमती सुस्साउदै थियो,
म बाट मेरा परिवार छुटाइदैछ भनी।
जहाँ, भेरी,कणालि,मेचि,सेति,त्रिसुलि,राप्ती का,
आवाज पनि उत्तिकै थिए।
माने भञ्ज्याङ हरु नियास्स्रा देखिन्थे
झरना ताल तलैयाहरु भने अपाङ्ग भेटिन्थे।
बनमा बटुवा जिस्क्याउने कोईलिहरु, बोलदैनथे।
डांफे मुनाल कालिजहरु, पहिलेझै आफुमा,
कुरा खोल्दैनथे।
वल्लो बनको चितुवा पल्लो बनमा जान नपाउनु
आज सम्म उही बनमा बसेको भालुलाई,
यो मेरो राज्य भनी, हरिणले धपाउनु हो,
आज रातमा मैले यस्तो सपना देखें।


नेपाली भुमी बिस्तारबाद बाट दिनहु मिचिदै थियो।
साम्राज्यबाद बाट न्यायिक आवाज हरु ठिचिदै थियो
प्रतिगमनका बिउहरु, फेरी टुसाउदै थिए।
सत्ता धारी भनाउदा हरुले, आमाको प्वाखले धाकिएर बसेका
कुखुराका बचेँराले झैं,
साम्राज्यबादको हत्केलामुनी, आफ्नो असुहाउदो,
चेहरा लुकाउदै थिए।
बिभिन्न जात जातिहरु, आपसमा त्रसित थिए,
जुट्नमा भन्दा फुट्नमा ग्रसित थिए।
हो,आज रातमा मैले यस्तो सपना देखे।

पशुपती शर्मा बाग्लुङ हाल दोहा कतार
E-mail pashupatisj@yahoo.com
pawel2u@yahoo.com
phone-009743209773

Friday, December 4, 2009

रंग

सप्तरंग बिना इन्द्रेणी सुसाउन सक्दैन
रंगीन फूलहरु बिना बगैंचा शोभायमान देखिदैन
तापनि किन चाहन्छ फूलहरु यहां अलग अलग रहन

फूलहरु आ-आफनै जातमा रम्न खोज्छ भने
एक अर्काको सुभाष कसरी लिन सक्छ
रंगीचंगी फूलबिना बगैंचा कहां मुस्कुराउंछ

एउटै साझा फूलबारीमा
साना ठूला रंगीन फूलहरुले आफनै महत्व बोक्छ
ठूलो र सानो भनि अन्तर गर्न कहां हुन्छ

बिहानीको प्रभातमा सूर्य मुस्कुराउंदा
देख्छौं हामी रंग रमाएको, उनमा जल चढाउंदा
कसरी सक्छौं बस्न हामी भने रंगीचंगी बिना

-यमुना मुना
वीरगंज