Posts

प्रोसेसिङ हुँदैछ...

जुन जोगी आए पनि......

Image
-मुकेश बस्नेत - जब हरुवा छेरुवा कुर्सीमा बस्यो देश माकुनेको जालोमा फस्यो बरियातीको टोलीले जगै हंस्यो लेख्नै नजान्नेहरु संविधान लेख्न बस्यो प्रचण्डको खोक्रो क्रान्तिकारी भाषण गिरिजाको फोस्रो आश्वासन देश भयो आन्दोलनमा व्यस्त विचरा च.च.च. निरीह प्रशासन धर्ूत फटाहा नेताहरुको ठूलो फुर्ति बन्द, हडताल, चक्काजाम, क्षतिपूर्ति भन्छन् प्रधानमन्त्री विदेशीको कठपुतली देशका राष्ट्रपति किन भए मूर्ति ? तर्राईमा विखण्डन फैलियो पहाडी-मधेशीको साइनो मैलियो आन्दोलनै आन्दालनले देश हल्लियो अभाव, अशान्ति, अत्याचार फैलियो जुनै जोगी अँए पनि कानै चिरेका यी नेताहरुले किन जनतालाई पिरोलेका ? टायरको धुंवाबाट आप\mनो अभिष्ट पकाएका सांसद मन्त्री बनेपछि गाउंघरकै बाटो तताएका । वीरगंज-१८

गजल------------------------

Image
सीधा कुरालाई टेढो कहिल्यै नबनाउनु अरूलाई जाली बातले कहिल्यै नफकाउनु बेसै होला नजानु परिणाम खराब पाए झूटो कुरामा मीठो सपना कहिल्यै नसजाउनु भुल्या छैन तल्लाघरका कान्छा दाइ बिदेशिएको त्यसैले बाह्य झिलीमिलीमा मन कहिल्यै नलगाउनु समयलाई सधै सम्झी बुझी हिंड्नु है जताततै मन खोली आंशु कहिल्यै नबगाउनु आंखा चिम्ली एउटा मनको बत्ती बाली हेर सत्य बोल्न भन्छिन् ँलक्ष्मी' कहिल्यै नडराउनु -लक्ष्मी शाक्य वीरगंज

आज रातमा मैले सपना देखें

उत्तर तिरको शिखर मौन थियो तराई र पहाड को निकटता टुटेझै कतै सद्यन्त्रकारीले बलजफत, घनिस्टता लुटेझै। महाकालीका छालहरुले स्वतन्त्रताको माग, गरिरहेका थिए। कोशीको बिक्षिप्त हिडाईमा ब्रेक मार्ने पराईहरु एन जि ओ आइ एन जि ओ द्वारा डलर भरिरहेका थिए। फेरी कोही भने, राष्ट्रियता, अखण्डता, स्वाधीनताको लागि , निस्फिक्री सँग लडिरहेका छन। बुज्न निकै कठिन थियो, थेरै जसोले आफ्नो असुहाउदो अनुहार बङाउदै, राष्ट्रको आजाद दिनहुं नङाउदै। तिनै भन्दै थिए जनता को लागि भनेर, हो, आज रातमा मैले यस्तो सपना देखें। गण्डकीको हिडाई अनौठो थियो। कर्णाली भन्दै थियो, मेरो ईज्जत लुटाईदैछ भनी, बागमती सुस्साउदै थियो, म बाट मेरा परिवार छुटाइदैछ भनी। जहाँ, भेरी,कणालि,मेचि,सेति,त्रिसुलि,राप्ती का, आवाज पनि उत्तिकै थिए। माने भञ्ज्याङ हरु नियास्स्रा देखिन्थे झरना ताल तलैयाहरु भने अपाङ्ग भेटिन्थे। बनमा बटुवा जिस्क्याउने कोईलिहरु, बोलदैनथे। डांफे मुनाल कालिजहरु, पहिलेझै आफुमा, कुरा खोल्दैनथे। वल्लो बनको चितुवा पल्लो बनमा जान नपाउनु आज सम्म उही बनमा बसेको भालुलाई, यो मेरो राज्य भनी, हरिणले धपाउनु हो, आज रातमा मैले यस्तो सपना देखें। ने...

रंग

Image
सप्तरंग बिना इन्द्रेणी सुसाउन सक्दैन रंगीन फूलहरु बिना बगैंचा शोभायमान देखिदैन तापनि किन चाहन्छ फूलहरु यहां अलग अलग रहन फूलहरु आ-आफनै जातमा रम्न खोज्छ भने एक अर्काको सुभाष कसरी लिन सक्छ रंगीचंगी फूलबिना बगैंचा कहां मुस्कुराउंछ एउटै साझा फूलबारीमा साना ठूला रंगीन फूलहरुले आफनै महत्व बोक्छ ठूलो र सानो भनि अन्तर गर्न कहां हुन्छ बिहानीको प्रभातमा सूर्य मुस्कुराउंदा देख्छौं हामी रंग रमाएको, उनमा जल चढाउंदा कसरी सक्छौं बस्न हामी भने रंगीचंगी बिना -यमुना मुना वीरगंज

गजल

Image
मेरो जीवनको हरेक पल पल तिमीलाई मेरी मायालु दिलको ताजमहल तिमीलाई फुल्यो यो मनको तलाउमा सिर्जनाको कमल प्रतीक प्रेमको यो निलकमल तिमीलाई सपनीमा पनि त्रि्रै सधैं विपनीमा पनि हु" गजलकार बनाए गजल तिमीलाई प्रेमको मंगल सुत्र प्रियतम् यो सिन्दुर प्रिये मा"याको उपहार अचल तिमीलाई मुटुको तिम्ले आफनो लेख्यौं निशानै निशान निशान प्रेमी लेखिएको यो सल तिमीलाई र् र्-इशहाक हुसैन ँनिशान' वीरगंज, १५ मर्ूर्ली, नयां टोल

विजया दशमीको शुभकामना

Image
कतै खुशी छ, कहि गम नेता छैन कोही भन्दा कोही कम विजया दशमीको शुभकामना दिउ कसरी १८ जिल्लामा मच्चिएको छ भोकमरी रूकुम र जाजरकोट छन् सुनसान माता दुर्गाले दिउन् उत्साहको बरदान कामना छ महंगाइको जीवन पथमा रातो टीका टल्काउन पाउन् सबैलाई निधारमा -कवि अरूण विक्रम शाह प्रभात काव्ययात्रा परिवार, वीरगंज

कविता

-दिल्ली बस्नेत- याद आयो भने आँखा बन्द नगर्नू भेट भएन भने पनि दु:ख नमान्नू हामी सधैँ सँगै हुनुपर्छ भन्ने केही छैन तर मित्रताको ढोका भने कहिले बन्द नगर्नू ठाँउ ठाँउमा टुटे पनि जमेको छ जिन्दगी बेदनाको सगर बिच रमेको छ जिन्दगी आगो बनी दुनिया सँग तापेको छ जिन्दगी रोदन र आँसु सँग कापेको छ जिन्दगी मध्यरात मसानघाटमा बसेको छ जिन्दगी