नेताको कहिले हुंदैन अपमान
दिलको भेद कसैलाई नभन
गम्भीर भएर अरूको कुरा सुन
आश्वासनको दिएर प्रलोभन
अघि बढ हुनेछ मान, सम्मान
गम्भीर भएर अरूको कुरा सुन
आश्वासनको दिएर प्रलोभन
अघि बढ हुनेछ मान, सम्मान
झूटको खेती नै राजनीति हुन्
नेताहरूले हुने, नहुने कुरो गरी चुनावमा फलाक्ने गर्छन्
निमुखाहरूले जतिसुकै भलाकुसारी गरून्
गाउंघरमा फेरि उसैको जयजयकार गर्छन्
जगत्को यही रीत छ रात-दिन
जहां, तहां पछि नपर परिवर्तनका सपना देखाउन
जनता सिधा र सोझा हुन्छन्
जसले बिउ रोप्छ त्यसले रजाईं गर्छन्
ँतर' शब्दले सिकाउंछ राजनीति गर्न
कूटनीति भनेको नै शतरंजको चाल हुन्
नेता हुंदैन कहिले अपमान
जहां, तहां उसैको हुन्छ मान-सम्मान
-अरुण विक्रम शाह

Comments
Post a Comment