प्रोसेसिङ हुँदैछ...

रंग

सप्तरंग बिना इन्द्रेणी सुसाउन सक्दैन
रंगीन फूलहरु बिना बगैंचा शोभायमान देखिदैन
तापनि किन चाहन्छ फूलहरु यहां अलग अलग रहन

फूलहरु आ-आफनै जातमा रम्न खोज्छ भने
एक अर्काको सुभाष कसरी लिन सक्छ
रंगीचंगी फूलबिना बगैंचा कहां मुस्कुराउंछ

एउटै साझा फूलबारीमा
साना ठूला रंगीन फूलहरुले आफनै महत्व बोक्छ
ठूलो र सानो भनि अन्तर गर्न कहां हुन्छ

बिहानीको प्रभातमा सूर्य मुस्कुराउंदा
देख्छौं हामी रंग रमाएको, उनमा जल चढाउंदा
कसरी सक्छौं बस्न हामी भने रंगीचंगी बिना

-यमुना मुना
वीरगंज

Comments

Popular posts from this blog

जुन जोगी आए पनि......

चिर्न नदिऔं हाम्रो मुटुलाइ

दुःख नै मेरो साथी रहेछ