गजल------------------------
सीधा कुरालाई टेढो कहिल्यै नबनाउनु
अरूलाई जाली बातले कहिल्यै नफकाउनु
अरूलाई जाली बातले कहिल्यै नफकाउनु
बेसै होला नजानु परिणाम खराब पाए
झूटो कुरामा मीठो सपना कहिल्यै नसजाउनु
भुल्या छैन तल्लाघरका कान्छा दाइ बिदेशिएको
त्यसैले बाह्य झिलीमिलीमा मन कहिल्यै नलगाउनु
समयलाई सधै सम्झी बुझी हिंड्नु है
जताततै मन खोली आंशु कहिल्यै नबगाउनु
आंखा चिम्ली एउटा मनको बत्ती बाली हेर
सत्य बोल्न भन्छिन् ँलक्ष्मी' कहिल्यै नडराउनु
-लक्ष्मी शाक्य
वीरगंज

Comments
Post a Comment