Sunday, December 20, 2009

गजल------------------------

सीधा कुरालाई टेढो कहिल्यै नबनाउनु
अरूलाई जाली बातले कहिल्यै नफकाउनु

बेसै होला नजानु परिणाम खराब पाए
झूटो कुरामा मीठो सपना कहिल्यै नसजाउनु

भुल्या छैन तल्लाघरका कान्छा दाइ बिदेशिएको
त्यसैले बाह्य झिलीमिलीमा मन कहिल्यै नलगाउनु

समयलाई सधै सम्झी बुझी हिंड्नु है
जताततै मन खोली आंशु कहिल्यै नबगाउनु

आंखा चिम्ली एउटा मनको बत्ती बाली हेर
सत्य बोल्न भन्छिन् ँलक्ष्मी' कहिल्यै नडराउनु
-लक्ष्मी शाक्य
वीरगंज

Sunday, December 13, 2009

आज रातमा मैले सपना देखें

उत्तर तिरको शिखर मौन थियो
तराई र पहाड को निकटता टुटेझै
कतै सद्यन्त्रकारीले बलजफत,
घनिस्टता लुटेझै।
महाकालीका छालहरुले स्वतन्त्रताको माग,
गरिरहेका थिए।
कोशीको बिक्षिप्त हिडाईमा ब्रेक मार्ने पराईहरु
एन जि ओ आइ एन जि ओ द्वारा डलर भरिरहेका थिए।
फेरी कोही भने,
राष्ट्रियता, अखण्डता, स्वाधीनताको लागि ,
निस्फिक्री सँग लडिरहेका छन।
बुज्न निकै कठिन थियो,
थेरै जसोले आफ्नो असुहाउदो अनुहार बङाउदै,
राष्ट्रको आजाद दिनहुं नङाउदै।
तिनै भन्दै थिए जनता को लागि भनेर,
हो, आज रातमा मैले यस्तो सपना देखें।


गण्डकीको हिडाई अनौठो थियो।
कर्णाली भन्दै थियो,
मेरो ईज्जत लुटाईदैछ भनी,
बागमती सुस्साउदै थियो,
म बाट मेरा परिवार छुटाइदैछ भनी।
जहाँ, भेरी,कणालि,मेचि,सेति,त्रिसुलि,राप्ती का,
आवाज पनि उत्तिकै थिए।
माने भञ्ज्याङ हरु नियास्स्रा देखिन्थे
झरना ताल तलैयाहरु भने अपाङ्ग भेटिन्थे।
बनमा बटुवा जिस्क्याउने कोईलिहरु, बोलदैनथे।
डांफे मुनाल कालिजहरु, पहिलेझै आफुमा,
कुरा खोल्दैनथे।
वल्लो बनको चितुवा पल्लो बनमा जान नपाउनु
आज सम्म उही बनमा बसेको भालुलाई,
यो मेरो राज्य भनी, हरिणले धपाउनु हो,
आज रातमा मैले यस्तो सपना देखें।


नेपाली भुमी बिस्तारबाद बाट दिनहु मिचिदै थियो।
साम्राज्यबाद बाट न्यायिक आवाज हरु ठिचिदै थियो
प्रतिगमनका बिउहरु, फेरी टुसाउदै थिए।
सत्ता धारी भनाउदा हरुले, आमाको प्वाखले धाकिएर बसेका
कुखुराका बचेँराले झैं,
साम्राज्यबादको हत्केलामुनी, आफ्नो असुहाउदो,
चेहरा लुकाउदै थिए।
बिभिन्न जात जातिहरु, आपसमा त्रसित थिए,
जुट्नमा भन्दा फुट्नमा ग्रसित थिए।
हो,आज रातमा मैले यस्तो सपना देखे।

पशुपती शर्मा बाग्लुङ हाल दोहा कतार
E-mail pashupatisj@yahoo.com
pawel2u@yahoo.com
phone-009743209773

Friday, December 4, 2009

रंग

सप्तरंग बिना इन्द्रेणी सुसाउन सक्दैन
रंगीन फूलहरु बिना बगैंचा शोभायमान देखिदैन
तापनि किन चाहन्छ फूलहरु यहां अलग अलग रहन

फूलहरु आ-आफनै जातमा रम्न खोज्छ भने
एक अर्काको सुभाष कसरी लिन सक्छ
रंगीचंगी फूलबिना बगैंचा कहां मुस्कुराउंछ

एउटै साझा फूलबारीमा
साना ठूला रंगीन फूलहरुले आफनै महत्व बोक्छ
ठूलो र सानो भनि अन्तर गर्न कहां हुन्छ

बिहानीको प्रभातमा सूर्य मुस्कुराउंदा
देख्छौं हामी रंग रमाएको, उनमा जल चढाउंदा
कसरी सक्छौं बस्न हामी भने रंगीचंगी बिना

-यमुना मुना
वीरगंज

Tuesday, November 24, 2009

गजल

मेरो जीवनको हरेक पल पल तिमीलाई
मेरी मायालु दिलको ताजमहल तिमीलाई

फुल्यो यो मनको तलाउमा सिर्जनाको कमल
प्रतीक प्रेमको यो निलकमल तिमीलाई

सपनीमा पनि त्रि्रै सधैं विपनीमा पनि
हु" गजलकार बनाए गजल तिमीलाई

प्रेमको मंगल सुत्र प्रियतम् यो सिन्दुर
प्रिये मा"याको उपहार अचल तिमीलाई

मुटुको तिम्ले आफनो लेख्यौं निशानै निशान
निशान प्रेमी लेखिएको यो सल तिमीलाई र्
र्-इशहाक हुसैन ँनिशान'
वीरगंज, १५ मर्ूर्ली, नयां टोल

Wednesday, September 23, 2009

विजया दशमीको शुभकामना

कतै खुशी छ, कहि गम
नेता छैन कोही भन्दा कोही कम
विजया दशमीको शुभकामना दिउ कसरी
१८ जिल्लामा मच्चिएको छ भोकमरी

रूकुम र जाजरकोट छन् सुनसान
माता दुर्गाले दिउन् उत्साहको बरदान
कामना छ महंगाइको जीवन पथमा
रातो टीका टल्काउन पाउन् सबैलाई निधारमा
-कवि अरूण विक्रम शाह
प्रभात काव्ययात्रा परिवार, वीरगंज

Friday, August 14, 2009

कविता

-दिल्ली बस्नेत-
याद आयो भने आँखा बन्द नगर्नू
भेट भएन भने पनि दु:ख नमान्नू
हामी सधैँ सँगै हुनुपर्छ भन्ने केही छैन
तर मित्रताको ढोका भने कहिले बन्द नगर्नू
ठाँउ ठाँउमा टुटे पनि जमेको छ जिन्दगी
बेदनाको सगर बिच रमेको छ जिन्दगी
आगो बनी दुनिया सँग तापेको छ जिन्दगी
रोदन र आँसु सँग कापेको छ जिन्दगी
मध्यरात मसानघाटमा बसेको छ जिन्दगी

Sunday, August 2, 2009

प्रभात काव्ययात्रा

-अरुण विक्रम शाह-
पुष्प र पल्लवितका प्रकाश लिएर प्रतीक दैनिक कार्यालयका प्रधान सम्पादक
जगदीश शर्माको घरबाट आरम्भ भएको प्रभात काव्ययात्रा संस्थाले
उपमहानगरपालिका वीरगंज नगरीलाई झकमक्क उज्यालो पारी समाजमा रहेका विकृति
र विसंगति हटाउंदै साहित्यको विकास पथमा माधुरी फैलाइ राष्ट्र र
राष्ट्रियताको सेवा गर्दै १३ वर्षपूरा गरी १४ औं वर्षो खुडकिला चढी अघि
लम्कदैछ।
साहित्य सिर्जनामा रमाउने वर्गहरूले आप\mनो भाव प्रकट गर्नको लागि नै
प्रभात काव्ययात्रा एउटा थलोको रूपमा र्सजकहरूबाट उदय भएको हो। यस
परिवेशमा स्रष्टाहरूले जुन मांया दिएर अघि बढ्न सघाए जसको गाथा
वर्ण्र्ाागरेर साध्य छैन। उनीहरू आज धन्यवादको पात्र बनेका छन्।
काव्ययात्राको न कुनै अध्यक्ष र सदस्य नै छन्। टुहुरो भएकाले अत्याधिक
मांया दिएर अघि बढाउन प्रयत्न गर्ने र्सजक धर्मेन्द्र भट्टराइ, डा.
घनश्याम परिश्रमी, डा.विश्वम्भर शर्मा, गोविन्दबाबु तिवारी, क्याप्टेन
स्व. जनकबहादुर राणा, स्व. बन्धु पन्त, स्व. मथुरामान सिंह, मुकुन्द
आचार्य, भाग्यनाथ गुप्ता, पं. दीपनारायण मिश्र, चन्द्रकिशोर झा, सुभाष
चन्द्र पौडेल, गंगाबहादुर थापा, शान्त बस्नेत, निर्मोही ब्यास, अमर
त्यागी, जुनु क्ष्ँेत्री, इश्हाक हुसेन, विनोद तिमल्सिना, गजल साहित्य
मंच पर्सर्ाा संयोजक लक्ष्मी शाक्य, वीरेन्द्र थापा, सुमन्त घिमिरे,
रामेश्वर जलन, महेश दास, नवराज सत्याल, रमेश गोर्खाली, स्व. पुरूषोत्तम
शर्मा, बलराम जंग शाही, कृपा दैनिकका प्रधान सम्पादक नवराज उपाध्याय,
क्षेत्रजा दहाल, अनन्तकुमार लाल दास, मेघनाथ सोनार, उमेश गुप्ता, डा.
शशिभूषण वर्ण्र्ााल, नेपाल भोजपुरी प्रतिष्ठान पर्सर्ाा अध्यक्ष तारा
सिंह, प्रगतिशील भोजपुरी साहित्य परिषद पर्सर्ाा अध्यक्ष धु्रवलाल
शास्ती, नयां नेपाल भोजपुरी साहित्य परिषद पर्सर्ाा अध्यक्ष अनिल यादव,
रितेश त्रिपाठी, जवाहरप्रसाद गुप्ता, विजय प्रकाश बिन, केशवबहादुर
श्रेष्ठ, शेखर ध्वज शाही, वरूण लामिछाने, कृष्ण उदास खनाल, राजु बस्नेत,
गोपाल रिमाल, मदनचन्द्र लाखे, समिर पाख्रिन, होमशंकर बास्तोला,
रामाशिषप्रसाद धानुक, नन्दकिशोर गोयल र महेशचन्द्र गौतमज्यूहरूको ठूलो
योगदान छ। अरूणोदयको मिर्मिरेमा प्रत्येक महिनाको अन्तिम शनिवार
र्सजकहरूबाट कविता, गीत, गजल र मुक्तक पाठ गरी काव्य गोष्ठी संचालित हुने
गर्दछ। "जहां स्रष्टाहरूको संगम हुन्छ, त्यहां विष पनि अमृत हुन्छ" उक्त
संस्था साहित्यिक थलो भएको हुनाले कवि र समाजसेवीहरूबाट एक महिनाको लागि
चुनिने संयोजकद्वारा संचालित हंुदै बदलिदो यामको परिवेशमा आरोह-अवरोहका
भर्‍याङ चढ्दै गन्तव्यतर्फ अग्रसर भएको प्रभात काव्ययात्रा संस्थाले आउने
दिनमा साहित्यप्रेमी र्सजकहरूबाट मांयाको आशा राखी अघि बढ्दैछ। कविता
हृदयमुली सरिता हो सरल कोमल भावनाका तर· बोकेर र्सजकहरूले वर्तमान
अवस्थाको चित्रण र प्रेम प्रणयका विविध अभिव्यक्ति रंगात्मक चेतना प्रकाश
पार्दै यस थलोबाट समाजमा रहेका विकृति र विसंगतिलाई आ-आप\mनो रचनाद्वारा
हटाउंदै देश र जनताको सेवा गर्दै आइरहेको छ। यस संस्थालाई डोर्‍याउने
संचारमाध्यमले पनि आप\mनो स्थानबाट आवश्यक सहयोग पुर्‍याएबाट आज
काव्यसंस्थाले १३ वर्षपूरा गरी १४ वर्षा प्रवेश गर्ने मौका पायो। यस्तै
आउंदा दिनहरुमा पनि प्रभात काव्ययात्राले सबै वर्ग र क्षेत्रबाट मांया
पाउने अटल विश्वास राखेको छु।

Friday, July 10, 2009

योगा अपनाउ

- शिल्पी पाण्डे-
स्वस्थ्य जीवन जिउनु छ त
योगलाई अपनाउनुपर्छ
सधैं गर्र्छौ योगक्रिया
कहिले पनि रोगी हुंदैनौं

पहिले योग योगी
सम्म सीमित थियो
तर अब योग
घर-घरमा पुग्यो

सबै घरमा छ योगको चर्चा
बाबा रामदेवले ल्याउनुभयो
योगी बनेर रामदेवको देश-विदेशमा
योगको गाथा गाउनुभयो ।
-वीरगंज

Friday, July 3, 2009

खेल कुर्सीको

खेल कुर्सीको त्यो पनि घुम्ने कुर्सीमाथिको
बिहान बेलुका अघि-पछि लगाउने
शक्ति उसको इशाराले नचाउने
यस्तो पनि देखे मैले गजबको
कार्यालय धस्साएको ।

जी हजुरका हजुर लगाइ
टेलिफोन र चीटका भरमा
जागिर त कसैलाइ बढुवा
कोही अपग्रेड त कोही थप ग्रेड
कोही पुरस्कृत त कोही तिरस्कृत
यस्तो पनि देखें मैले गजबको
कार्यालय धस्साएको ।

छक्क पर्छन सोझा-साझा
त कोही हेर्‍या हेरै
मूल्याकंनको आधार छैन
चलखेल बढ्यो चम्चाहरुको
खोक्रो पारे कार्यालय धमिराको चालमा
भन्छन् देश यस्तै, अझ चर्को स्वर उसकै
यस्तो पनि देखें मैले गजबको
कार्यालय धस्साएको ।
कर्मचारी बीच-बीच ल्याइ फाटो
चमत्कारी विभेद पार्ने
कसैलाइ हंसाउने त कसैलाइ रुवाउने
यस्तो पनि देखें मैले गजबको
कार्यालय धस्साएको ।

निर्दोषलाई फसाउने,
दोषीलाइ छुटाउने
यस्तो पनि देखे मैले गजबको
कार्यालयलाई धस्साएको ।

-लक्ष्मी शाक्य
-वीरगंज

Wednesday, July 1, 2009

नेताको कहिले हुंदैन अपमान

दिलको भेद कसैलाई नभन
गम्भीर भएर अरूको कुरा सुन
आश्वासनको दिएर प्रलोभन
अघि बढ हुनेछ मान, सम्मान

झूटको खेती नै राजनीति हुन्
नेताहरूले हुने, नहुने कुरो गरी चुनावमा फलाक्ने गर्छन्
निमुखाहरूले जतिसुकै भलाकुसारी गरून्
गाउंघरमा फेरि उसैको जयजयकार गर्छन्

जगत्को यही रीत छ रात-दिन
जहां, तहां पछि नपर परिवर्तनका सपना देखाउन
जनता सिधा र सोझा हुन्छन्
जसले बिउ रोप्छ त्यसले रजाईं गर्छन्

ँतर' शब्दले सिकाउंछ राजनीति गर्न
कूटनीति भनेको नै शतरंजको चाल हुन्
नेता हुंदैन कहिले अपमान
जहां, तहां उसैको हुन्छ मान-सम्मान

-अरुण विक्रम शाह

Monday, June 29, 2009

धूस्वां सायमिकी दीपा

- बसन्त महर्जन-
कुनै समय एक समृद्ध र पहिचानयुक्त वस्ती थियो, धुलिखेल वरिपरीकै कुनै
एउटा गाउँ । इतिहासका आरोह-अवरोहहरुलाई मूक दर्शक भई हेर्दै आएको त्यो
गाउँमा एउटा नितान्त नौलो अनुहारको आगमनपछि गाउँमा निदाएका तरंगहरुसँगै
दीपाको मनमस्तिष्कमा पनि हलचल र खलबल हुन्छ।सँगसँगै मनमा प्रश्न पनि-
एउटा नौलो अनुहार, प्रसिद्ध लेखकका रुपमा गाउँमा चर्चित त्यो पुरुष को
होला ? आफ्नै घरमा प्रायः पाहुना भइराख्ने र सबैसित घुलमिल हुने त्यो
लेखकसँग मैले मात्रै किन बोल्न नपाउने ? कथा यहींबाट सुरु हुन्छ ।
एउटी महिला- दीपा।एउटा यस्तै अर्को गाउँकी छोरी अर्थात गाउँकी बुहारी-
दीपा।बुहारी हुनु परेकोमा भन्दा बुहारी भएकै कारण त्यो मान्छेसित बोल्न
नपाउँदा दीपा खिन्न हुन्छे।आफैदेखि रिसाउँछे पनि । यस्तै लेखकको मनमा
तर्कना उठिरहन्थ्यो- आफूसँग सबैले बोल्ने, सबै नजिक नजिक आउन खोज्ने तर,
बुहारी एउटी मात्रै टाढा किन- एक दिन आफ्नो जिज्ञासालाई थाम्न नसकेर
बुहारीको सम्बन्धमा लेखकले दीपाको बारेमा परिवारसँग सोधपूछ गर्छ।जसबाट
जिज्ञासा शान्त हुनुको बदलामा अझ अझ जिज्ञासा बढ्न थाल्छ । दीपाको हालत
पनि लेखकको भन्दा फरक थिएन।यस्तैमा एक दिन दीपाले लेखकलाई माइतीमा
बोलाउँछे, - कुराकानी गर्नकै लागि।
बिद्रोहको चेतना दीपाले कुनै कितावबाट पाएकी थिइनन्। न कुनै स्कूलबाट नै
प्रशिक्षित थिइन् । अरु त अरु, गाउँले परिवेशमा नै सीमित भएकी र गाउँमा
बोलिने मातृभाषा बाहेक अन्य नबुझ्ने।पाहुनाको बौद्धिक व्यक्तित्व र
दीपाको सामान्य, शिष्ट, निष्कपट एवं उदार हृदयवीच प्रेमको अंकूर
प्रस्फूटित हुँदै जान्छ ।र, ती दुई ब्यक्त-अब्यक्त सबै भावना र
कामनाहरुले एउटा सिर्जना पाउँछ, प्रसिद्ध उपन्यासकार धूस्वां साय्मिको
कलमबाट दीपा उपन्यासको रुपमा ।
उपन्यास सत्य घटनामा आधारित छ, दीपा पनि जिउँदो चरित्र हो।तर, उसको
वास्तविक नाम त्यो होइन । लेखक धूस्वां सायमि भन्नुहुन्छ- मान्छेअनुसारको
नाम नसुहाएको टिप्पणी गर्दा परिवारले न्वारानको जिम्मा मलाई दियो। र,
दीपा नाम सबैले मन पराए। त्यसैले जीवित पात्रको काल्पनिक नाम दीपा रहन
गयो ।
उपन्यासमा दुबैको कथा र व्यथा समेटिएको छ। कथाभन्दा भावना र शब्दभन्दा
कविता बढी रहने धूस्वांको आफ्नै शैलीमा उनिएको उपन्यास दीपामा द्वन्द र
अर्न्तर्द्वन्दको एउटा लामो श्रृंखला बनेको छ । उपन्यास प्रकाशनपछि दीपा
चरित्रको विषयमा चर्चा हुन थाल्यो- अन्य लेखक र पाठकहरु बीच।दीपा साँच्चै
को हुन् त भनी खोजी पनि हुन थाल्यो।लेखककै नजिककी अर्की एउटी परिचित
लेखिका, जो विश्वविद्यालयमा प्राध्यापन पनि गर्छिन्, नै दीपा हुन् कि
भनेर पनि चर्चा-अनुमान लगाउन थालियो।दीपा आफू नै हो भनेर चिनाउन खोज्ने
अनजान आइमाईहरु पनि देखिन थाले । तर दीपा भने आफ्नै परिवेशमा आफ्नै
पाराले आजभोली जीवन विताउँछे, उपन्यासमा जस्तो चरित्र चित्रित छन्
त्यस्तै चरित्र बोकेर।र, लेखक न दीपालाई चिनाउन चाहनु हुन्छ न, दीपाको
गाउँलाई नै ।
लोग्नेको घरमा बस्न नसकेर माइतीमा बस्दै आएकी उपन्यासकी दीपा आफूले मन
पराएको प्रेमीलाई बीचैमा छाडी पुनः लोग्नेको घर फर्केकोबाट उपन्यासको
अन्त्य गरिएको छ।यस अघि विहे भएर लोग्नेको घर गएको लगत्तै दीपालाई आभास
हुन्छ, घर त घरज्ास्तो थिएन।लोग्ने भनाउँदो पनि कठपुतली रहेछ । नयाँ
दुलही भएपछि अलि श्रृंगारपटार त गरिने नै भयो तर घरका परिवारले त्यसैलाई
अनेक अर्थ लगाएर कुरा लगाउन थाले । कौसीमा एक छिन निस्क्यो भने मात्र पनि
तीललाई पहाड बनाइ हाल्थे । यति मात्र होइन, दुलहीको रुप सौन्दर्य हेर्न
लालायित टोलका लोग्ने मान्छेहरु तास खेल्ने निहुँमा दिन भर दिन भर घरमा
आएर बस्थे तर उनीहरुलाई रोकटोक थिएन।माइतीबाट आएको एउटा भाइको हात समातेर
कोठामा कुरा गरिरहेको दृष्य के देखे, नाठो खेलाएर बसेको भन्ने आरोप
उनीमाथि लाथ्यो र यही आरोपमा एक दिन घरबाट निकाल्ने काम पनि भयो।यस्तो
परिस्थितिमा माइती आएर बसेकी पात्र दीपाको सर्म्पर्क एउटा अर्को लोग्ने
मान्छेसित हुन पुग्छ जो घरपरिवार र परिवेशसित सन्तुष्ट छैन, घरलाई
झ्यालखानाको रुपमा हेर्छ र आफ्नो घर छाडी एउटा काम लिएर गाउँमा बस्न
आइरहेको छ । एक्लोपनको अनुभवले सताइँएका यी दुबै यस परिस्थितिमा नजिकिन
पुग्छन्।कथा बढ्दै जान्छ।एउटा निर्णायक मोडमा आइपुगेकै बेला लोग्नेको
घरबाट ससुरा मरेको भनी लिन आइपुग्छ र सामाजिक मान्यताअनुसार लोग्नेको घर
र्फकन्छन् । पाठकको लागि उपन्यास वियोगान्त हो तर वास्तविक जीवन भने
त्यस्तो छैन । लेखक आफ्नो पात्रको बारेमा भन्नु हुन्छ- 'हाम्रो
सम्वन्धलाई बदनाम गर्न कसैले एकपल्ट हाम्रो वीच शारीरिक सम्बन्ध रहेको
अफवाह पनि फैलाइदियो । र, दीपा रिसाएर माइती गएर बसिदिइन् । उसलाई
फर्काउन उसको लोग्ने र अरुहरु पनि सफल हुन सकेन । उनीहरुलाई थाहा छ, मैले
भनेको कुरा दीपाले खान्छे भनेर । उसको लोग्नेको अनुरोधमा मैले भनेको कुरा
उसले खाइन् पनि । आजभोलि पनि केही समस्या पर्यो भने लोग्ने मलाई गुहार्न
आउँछ र म दीपाको अविभावक जस्तै छु ।'
केही वर्षघि मात्रै को कुरा हो, लेखकको जीवनसाथी बसुन्धरा बित्नु भयो ।
लेखक एक्लो हुनुभयो । एक्लोपन बढ्दै गयो । यस्तैमा एक दिन लेखक दीपाको
घरमा पुग्दा परिवारका अन्य सदस्यहरुकै माझमा आफू लेखकसँग जीवन बिताउन
तयार भएको दीपाले बताइन् । दीपाको स्वभाव नै त्यस्तो थियो । सबैको अगाडि
हाकाहाकी लेखक आफ्नो प्रेमी भएको बताउँछे र यसैमा गौरव पनि मान्छे । उसको
परिवारलाई थाहा थियो, दीपा लेखककी प्रेमिका मात्रै हुन्छे, श्रीमती
होइन।सम्वन्ध यस्तै थियो र पहिलाजस्तो थियो, अहिले पनि त्यस्तै छ ।
दुबैको आफ्नै घर संसार छ।दीपा सामान्य जीवन विताउँछे, कहिले काहीं
लेखकसित भेट्छे, फोनमा कुराकानी पनि । दीपालाई लेखक बिर्सन सक्नु हुन्न,
दीपाकै नाममा 'दीपा जनमत' नामले एउटा साहित्यिक पुरस्कारको स्थापना
गर्नु भएको छ, साय्मिले । अपठित र गैरसाहित्यिक दीपाकै हातबाट पुरस्कार
वितरण गराउने लेखकको चाहना थियो । तर, ठूलो समारोहमा उपस्थित हुन लजाइन्
वा प्रस्तुत हुन चाहिनन् । बरु लोग्ने लगायत अन्य आफन्तहरुलाई सो समारोह
हर्ेनमात्र पठाइनन् उसले । समारोहको रौनकका बारे पनि सोध्न पछि परिनन् ।
लेखकका कृतिहरु उनी आफै पढ्न त सक्दिनन् तर सबै संगालेर राख्छिन् ।
लेखकसित अहिले 'दीपा' उपन्यास आफ्नो कोठामा छैन । एक दिन विहान लेखकले
आफ्नो पात्रसित यो उपन्यास माग्नु हुँदा ठट्टा गर्दै उताबाट हाकाहाकी
उनले भनिन्- 'पैसा देउ अनि किताव लेउ ।' दीपालाई पंक्तिकारले भेट्न
चाहेको कुरा लेखकले फोनमा खबर गर्दा बिना हिचकिचाहट भनिन्- 'पठाइदेउ,
भेट्छु ।'

Thursday, June 4, 2009

भुल्नु हुंदैन ती शहीदहरूलाई

भूल्नु हुंदैन ती शहीदहरूलाई
जसको बलिदानले देशमा गणतन्त्र आयो
सबै नेपालीको मनमा खुशी छायो

देवीलाल पौडयालले स्याङजाबाट ज्यान गुमाउनुभयो
उमेशचन्द्र थापाले दाङ, घोराहीबाट
आप\mनो जीवन नेपाल आमालाई चढाउनुभयो
होरीलाल राना चौधरीले कैलालीबाट प्राण गुमाउनुभयो र्
दर्शनलाल यादवले सप्तरीबाट जनआन्दोलनमा गोली खाइ प्राण गुमाउनुभयो ।
ती शहीदहरूलाई बिर्सनेहरूको कहिले भलो हुंदैन
ती महान शहीदहरूले गर्दा देशमा लोकतन्त्र आएको हो ।

भीमसेन दहालले कास्कीकाट ज्यान दिइ देशको झण्डा फहराउनुभयो
श्रीमती तुलसी क्ष्ँेत्रीले चितवनबाट ज्यान दिइ सुन्दर कहलाउनुभयो
दुश्मनको गोलीले निमुखा जनताहरूलाई उडायो
आप\mनो अस्तित्व आफै गुमायो
शिवहरि कुंवरले काभ्रेबाट प्रँणको बलिदानी दिनुभयो
यिनीहरू नै हुन् नेपाल आमाका सपुत

विष्णु पाण्डेयले नवलपरासीबाट ज्यान दिइ राष्ट्र बचाउनुभयो
हिरालाल गौतमले बाराबाट प्राणको आहुति दिनुभयो
सेतु विकले बांकेबाट ज्यान दिइ नेपाल आमालाई स्वतन्त्र बनाउ भन्ने नारा लगाउनुभयो
स्वतन्त्र बनाउं भन्ने नारा लगाउनुभयो
सूरज विश्वासले झापाबाट जनान्दोलनमा जानुभयो
राजन गिरी पनि झापाबाटै शहीद हुनुभयो
धन्य हो यहांको सरकार कति टाउको लिंदोरहेछ
असत्यको त कुरै छाडौं सत्यको पनि हार हुंदो रहेछ
सगुन ताम्रँकार, बासुदेव घिमिरे,
दीपक कामी काठमाडौंबाट शहीद हुनुभयो
घनघोर राजतन्त्रविरोधी नारा घन्काउनुभयो
यमलाल लामिछाने बर्दिया र गोविन्द शर्मा पर्वतबाट
ज्यान दिइ नेपाल आमालाई दमन गर्न पाइदैन
भन्ने चर्को नारा घन्काउनुभयो
प्रद्युम्न खडका, मोहम्मद जहागिर र अनिलकुमार लामाले
काठमाडौंबाट गणतन्त्रको नारा लगाउनुभयो ।
चन्द्र बयलकोटी काठमाडौं, हरिराज अधिकारी बांके,
नेपालगंजबाट शहीद हुनुभयो
लालबहादुर विष्ट डोटी, दीपायल, चक्रराज जोशी
डोटी दिपायलबाट नै गणतन्त्रको लागि ज्यान गुमाउनुभयो
ताहिर मियां अंसारी रौतहटबाट ज्यान गुमाउनुभयो
मरेर देशको रक्षा गर्ने ती शहीदहरूप्रति सहानुभूति सबैले राख्नै पर्छ
हामी सबै नेपाली एकबद्ध भइ नेपालको झण्डा फहराउनर्ुपर्छ
एक वर्षपुग्यो गणतन्त्रको कहिले सरकार राम्रँेसंग चलेन
देश परिवर्तन भयो तर नेताहरूले कर्ुर्सर्ीीोह छोड्नन्
वियोगी मात्र होइन पूरै नेपाली स्वतन्त्र र निर्भिक भइ बाच्न चाहन्छन्
कलह र द्वन्द्व होइन स्वतन्त्र भइ जीवन काट्न चाहन्छन्
जय देश, मातृभूमिकी जom, मातृ भाषाकी जय
अजय यादव ँबियोगी'
गाविस हर्दिया, सरसती टोल-५ बारा
हाल ठाराब क्याम्पस वीरगंजमा स्नातक तह प्रथम वर्षा अध्ययनरत
प्रगतिशील भोजपुरी साहित्य परिषद वीरगंज

Sunday, May 17, 2009

चिर्न नदिऔं हाम्रो मुटुलाइ

-तारकेश्वर शर्मा

किन गोड्दैछौं हामी
सभ्यताका बीजहरू
किन छर्दैछौं हामी
विकृतिका फिंजहरू
हामी भत्काउन जान्यौं
तर
कहिल्यै जानेनौं निर्माण गर्न
हामी तोड्न जान्यौं
तर
कहिल्यै जोड्न जानेनौं
हामी सधै सधै रोयौं
केवल आफ्नो निम्ति
तर
कहिल्यै रोएनौं अरूका निम्ति
न अरूको दुःखमा रून सिक्यौं
न अरूको सुखमा हाँस्न सिक्यौं
बीरताको इतिहासले रंगिएको
यो देशको माटो
कसको साहसले बाँच्यो?
कसको बहादुरीमा फुल्यो?
यो देशको माटो सुँघेर हेर
यो देशको माटो नियालेर हेर
जहाँ गन्ध आउँछ
बलभद्र, अमरसिंह र भक्ति थापाको रगत
जहाँ देखिनेछन्
देशको निम्ति बली भएका
हजारौं आदरणीय सहीदका तस्वीरहरू
हाम्रा पुर्खाको पौरखमा
आर्जेको यो देशलाई
किन चिर्दैछौं हामी
भागवण्डा लगाएर
जातजातिको नाममा
किन फोर्दैछौं हामी
एउटा सिंगो देश
किन जन्माउँदैछौं हामी व्यर्थमा
द्वन्द्वका बीजहरू
माटो
जो कहिल्यै खण्डित हुँदैन
माटो
जसको कुनै मोल हुँदैन
माटो
जो ज्यादै शक्तिशाली हुन्छ
माटोकै निम्ति
माटोकै निम्ति जन्मिए
हिरोसिमा र नागासाकीहरू
माटोकै निम्ति जन्मिए
सहीदका जुलुसहरू
माटोकै निम्ति च्यातिए
हजारौं मान्छेका खुशीहरू
माटोकै निम्ति खर्चिए
असंख्य अस्त्रहरू
त्यसैले
माटो अमूल्य हुन्छ
माटोको कुनै जात हुँदैन
माटोको कुनै वर्ग हुँदैन
माटोको कुनै धर्म हुँदैन
माटोको कुनै रंग हँुदैन
माटो हामी सबैको हो
माटो हाम्रो साझा सम्पत्ति हो
त्यसैले
भत्किन नदिऔं हाम्रो सभ्यतालाई
टुक्रिन नदिऔं हाम्रो आत्मीयतालाई
चिर्न नदिऔं हामी हाम्रो मुटुलाई
होचिन नदिऔं हाम्रो सगरमाथालाई

Wednesday, March 25, 2009

दुःख नै मेरो साथी रहेछ


-अरुण विक्रम शाह

दुःखको आंसु
पिएर बांचिरहेछु
दर्ुइ दिनको चोलामा
जहर खाइरहेछु
सुखको सपना बटुलेर
भौतारे गोरेटोमा आसगरी
केही क्षण दुःखलाई भुलेर
रमाउन प्रयास गरे सपनाको महल हेरी
यता उता गर्दै भावनाको सागरमा
खेल्न थाले कुरा भविष्यलाई सम्झेर
जीवनको उकाली-ओरालीमा
दुःखले पिछा कहिले छाड्ला भनेर
ऐनामा आफ्नै मुहार हेरी
सोचे कहिले बनेन सुखको साथी मेरो
जीवनपथको संर्घष्ामा विस्तारै-विस्तारै
आसैआसमा ढल्दैछ दिन मेरो
आपत र विपतको हर मोडमा
साथ निभाउन साथी बनेर आउंछ
यस्तैनै रहेछ संसार दर्ुइ दिनको चोलामा
दुःख नै मेरो साथी रहेछ ।