Friday, July 3, 2009

खेल कुर्सीको

खेल कुर्सीको त्यो पनि घुम्ने कुर्सीमाथिको
बिहान बेलुका अघि-पछि लगाउने
शक्ति उसको इशाराले नचाउने
यस्तो पनि देखे मैले गजबको
कार्यालय धस्साएको ।

जी हजुरका हजुर लगाइ
टेलिफोन र चीटका भरमा
जागिर त कसैलाइ बढुवा
कोही अपग्रेड त कोही थप ग्रेड
कोही पुरस्कृत त कोही तिरस्कृत
यस्तो पनि देखें मैले गजबको
कार्यालय धस्साएको ।

छक्क पर्छन सोझा-साझा
त कोही हेर्‍या हेरै
मूल्याकंनको आधार छैन
चलखेल बढ्यो चम्चाहरुको
खोक्रो पारे कार्यालय धमिराको चालमा
भन्छन् देश यस्तै, अझ चर्को स्वर उसकै
यस्तो पनि देखें मैले गजबको
कार्यालय धस्साएको ।
कर्मचारी बीच-बीच ल्याइ फाटो
चमत्कारी विभेद पार्ने
कसैलाइ हंसाउने त कसैलाइ रुवाउने
यस्तो पनि देखें मैले गजबको
कार्यालय धस्साएको ।

निर्दोषलाई फसाउने,
दोषीलाइ छुटाउने
यस्तो पनि देखे मैले गजबको
कार्यालयलाई धस्साएको ।

-लक्ष्मी शाक्य
-वीरगंज

No comments:

Post a Comment