Friday, July 10, 2009

योगा अपनाउ

- शिल्पी पाण्डे-
स्वस्थ्य जीवन जिउनु छ त
योगलाई अपनाउनुपर्छ
सधैं गर्र्छौ योगक्रिया
कहिले पनि रोगी हुंदैनौं

पहिले योग योगी
सम्म सीमित थियो
तर अब योग
घर-घरमा पुग्यो

सबै घरमा छ योगको चर्चा
बाबा रामदेवले ल्याउनुभयो
योगी बनेर रामदेवको देश-विदेशमा
योगको गाथा गाउनुभयो ।
-वीरगंज

Friday, July 3, 2009

खेल कुर्सीको

खेल कुर्सीको त्यो पनि घुम्ने कुर्सीमाथिको
बिहान बेलुका अघि-पछि लगाउने
शक्ति उसको इशाराले नचाउने
यस्तो पनि देखे मैले गजबको
कार्यालय धस्साएको ।

जी हजुरका हजुर लगाइ
टेलिफोन र चीटका भरमा
जागिर त कसैलाइ बढुवा
कोही अपग्रेड त कोही थप ग्रेड
कोही पुरस्कृत त कोही तिरस्कृत
यस्तो पनि देखें मैले गजबको
कार्यालय धस्साएको ।

छक्क पर्छन सोझा-साझा
त कोही हेर्‍या हेरै
मूल्याकंनको आधार छैन
चलखेल बढ्यो चम्चाहरुको
खोक्रो पारे कार्यालय धमिराको चालमा
भन्छन् देश यस्तै, अझ चर्को स्वर उसकै
यस्तो पनि देखें मैले गजबको
कार्यालय धस्साएको ।
कर्मचारी बीच-बीच ल्याइ फाटो
चमत्कारी विभेद पार्ने
कसैलाइ हंसाउने त कसैलाइ रुवाउने
यस्तो पनि देखें मैले गजबको
कार्यालय धस्साएको ।

निर्दोषलाई फसाउने,
दोषीलाइ छुटाउने
यस्तो पनि देखे मैले गजबको
कार्यालयलाई धस्साएको ।

-लक्ष्मी शाक्य
-वीरगंज

Wednesday, July 1, 2009

नेताको कहिले हुंदैन अपमान

दिलको भेद कसैलाई नभन
गम्भीर भएर अरूको कुरा सुन
आश्वासनको दिएर प्रलोभन
अघि बढ हुनेछ मान, सम्मान

झूटको खेती नै राजनीति हुन्
नेताहरूले हुने, नहुने कुरो गरी चुनावमा फलाक्ने गर्छन्
निमुखाहरूले जतिसुकै भलाकुसारी गरून्
गाउंघरमा फेरि उसैको जयजयकार गर्छन्

जगत्को यही रीत छ रात-दिन
जहां, तहां पछि नपर परिवर्तनका सपना देखाउन
जनता सिधा र सोझा हुन्छन्
जसले बिउ रोप्छ त्यसले रजाईं गर्छन्

ँतर' शब्दले सिकाउंछ राजनीति गर्न
कूटनीति भनेको नै शतरंजको चाल हुन्
नेता हुंदैन कहिले अपमान
जहां, तहां उसैको हुन्छ मान-सम्मान

-अरुण विक्रम शाह