Sunday, January 10, 2010

नेपालका माक्सबादीहरु

-ताराश्वर शर्मा-
अचम्म लाग्छ मलाई
हाम्रो देशका मार्क्सबादीहरुका
गतिवीधि र कार्यशैलीलाई देख्दा
धिक्कार्न मन लाग्छ मलाई
बोलाई र गराई बिचको,
नीति सिद्धान्त र व्यबवहार बिचको
यो गहिरो खाडल देख्दा
किन कि,
मैले सुनेको थिएँ, मार्क्सबादीहरु
अनुशाशित, मिलिटेन्ट र प्रखर योद्धा हुन्छन् भनेर
सर्वाहाराबादी दृष्टिकोण राख्छन् भनेर
द्वन्दबादी विश्लेशक र बस्तुबादी हुन्छन् भनेर
तर नेपालका मार्क्सबादीहरुले
ठ्याक्कै उल्टो व्यवहार देखाउछन्
नौलो जनबाद ल्याउने भनेर कहिले
व्याक्ति हत्याको राजनीति गर्छन्
बिचारले बन्दुक चलाउने होइन
बन्दुकले बिचार चलाउने गर्छन्
सर्वसाधारण, दुःखी, गरिबलाई साथ दिने होइन
खाना, बस्न र चन्दाको नाममा जवर्जस्ती गर्छन्
बन्दुक सोझाउँछन्, संगीन तेर्साउँछन्
बिकट गाउँका अभिभावक बिहीन बस्तीमा
आतंक मच्चाउँछन्, नौलो जनबादको नाममा

मैले सुनेको थिएँ, मार्कस्बादीहरु
प्रकृति प्रमी हुन्छन्, राष्ट्रिय सम्पतिको
जगेर्ना गर्छन् भनेर
तर हाम्रो देशका मार्क्सबादीहरुले
अनौठा काम गर्छन्
नदीनाला बेच्ने गर्छन्
सन्धि सम्झौताको नाटक गरेर
राष्ट्रिय सम्पतिलाई सरकारीकरण गर्नुपर्नेमा
कर्तव्य बिमुखहुदै अरुहरुलाई सुम्पिन्छन्
नीजिकरण र उदारीकरणको फूलबुट्टा भरेर
खै कसरी विश्वास गर्नु यिनीहरुको
राष्ट्रिय सम्पतिको जगे{र्ना गर्छन् भनेर?
विकाश निर्माणका भौतिक पूर्वाधार,
बिजुली, टेलीफोनका टावर र पुल पुलेसाहरु
जि.वि.स. र गा.वि.स. भवनहरु
धोस्त पार्छन्, भत्काउँछन् गनेर।
पूरानो देख्नै नहुने रे
२० हजार नेपालीको रगतको खोलो बगाएर
त्यही संसदीय फोहोरी खेलमा फर्केपछि
१० बर्षमा नेपालाई स्वीजरल्याण्ड गराउने रे

मैले सुनेको थिएँ, मार्क्सबादी
धेरै सोचे, सम्झेर बोल्छन् भनेर
जे बोल्छन्, त्यही गर्छन् भनेर
सधैं तथ्य संगत कुरा गर्छन् भनेर
तर हाम्रो देशका मार्क्सबादीहरु
कहिले भारत सँग सुरुङ युद्ध छेड्नलाई
मध्ये पहाडी जिल्लामा सुरुङ खन्न लगाई
सर्वसाधारणलाई सताउँछन्
त कहिले,
भारतीय जातीबादी, धर्मबादी, क्षेत्रबादी नेतालाई
आफ्नो अभिभावक बताउँछन्।
आन्दोलनमा छँदा पो गाली गरेको भारतलाई रे
सरकामा आएपछि त्यो भन्न मिल्दैन रे
अमेरिका पुगे भने बहुदलिय प्रतिष्पर्दामा
पूर्ण कठिबद्ध छौ रे
सरकार चलाउन आवश्यक बहुमत नहुँदा पनि
उनकै सरकार हुनु पर्ने रे
भाषण गर्छन् खुल्ला मञ्चमा
आफ्नो सरकार बनाउनलाई
संवैधानिक प्रकृया पुरा गर्ने होइन
भाला तरवार बन्दुको भरमा
देश नै ठप्प पार्ने रे
आन्दोलनको आँधीबेरी ल्याउने रे
रुस पुग्दा क. लेलिनलाई भेटेको भए
उनलाई पनि उदारबादी बनाउथे रे
प्रधानमन्त्री बनी चिन भ्रमण जाँदा, क्रम भङ्गता रे
नेपाल फर्किन नपाउदै त्यो त संयोग मात्र रे
आफ्नो पहिलो राजनैतिक भ्रमण भारत नै हुने रे

मैले सुनेको थिएँ, मार्क्सबादीहरु
धर्म निरिपेक्ष हुन्छन्, भनेर
बिशुद्ध भौतिकबादी हुन्छन् भनेर
कसैलाई पनि जाती र धर्मको नाममा
जोर जुलुम गर्दैनन् भनेर
तर यहाँ त्यस्तो भएन
कहिले पण्डितका जनै काटिए त
कहिले आफ्ना बुवा आमाको क्रिया बसेको समयमा
अपहरण गरिए, जबरजस्ती गरिए, आतंक मच्चाइए।
लाचार, अविश्वसनिय, पशुबादी गौर हत्यकाण्ड पछि
कहिले आफ्नै नेतृत्वमा
विभिन्न धर्मालम्बीका पण्डित बोलाएर
संयुक्त रुपमा काज क्रिया गराइए।
हिन्दु धर्मावलम्वीहरुको मन्दिर पशुपतिमा
भारतिय पुजारी फेर्ने नाममा
बौद्ध धर्मका गुरु लिएर
पशुपतिमा नयाँ पण्डित घोषित गरियो
राजनीति घुसाइयो।

मैले सुनेको थिएँ, मार्क्सबादीहरु
सग्लो पृथ्वीलाई एउटा
साझाघर भन्छन् भनेर
विश्व सर्वहाराबादी हुन्छन् भनेर
जातिय, क्षेत्रिय र धार्मिक होइन
बर्गिय राजनीति गर्छन् भनेर
तर नेपालका माक्सबादीहरु
एउटा सिङ्गो स्वतन्त्र राष्ट्र नेपाललाई
टुक्रा टुक्रा पार्दैछन् संघीयताको नाममा।
संसारका मजदुर एक हौ भनि
लेख्छन् रे आफ्ना व्यानरहरुमा
नेपालका मार्क्सबादीहरु पनि
तर व्यवहारमा त यहाँ
नेपालका मजदुर विभाजित बनौं रे
जाती-जातीका नाममा Û

मैले सुनेको थिएँ, मार्क्सबादीहरु
राजतन्त्र, शोशक, सामान्तहरुका
बिरोधी हुन्छन् भनेर
तर हाम्रो देशका मार्क्सबादीहरु
सामान्तको नाइके राजालाई
दाम राखी दर्शन भेट गर्छन्
राजाको फोटामा गोली ठोक्न लगाई
स्वघोषित जनयुद्ध गर्ने मासर्क्सबादीहरु
पृथ्वीनारायण शाह देखि बिरेन्द्र सम्मकाका राजालाई
अत्यान्तै विश्वशनिय, उदारबादी र देशप्रेमी देख्छन्

मैले सुनेको थिएँ, मार्क्सबादले
दुई वा सो भन्दा बढी व्याक्तिहरु जम्मा भइ
गर्ने कामको लक्ष्यले भन्दा त्यसको परिणामले
धेरै महत्व राख्छ भनेर।
नेपालका मार्क्सबादीले पनि
लक्ष्य राखेका होलान, सरकारमा गएर
आफू सर्वेसर्वा भएर
सबै समस्या सजिलै मिलाउँछौ भन्ठानेर।
तर त्यति सजिलो कहाँ छ र
फुटेको हाँडी जोड्नलाई।
त्यसैले सुझाब दिदैछु मार्क्सबादीहरुलाई
नफुटाउ देशलाई जाती-जातीको नाममा
नभिडाउ मजदुरहरुलाई
विभाजन गरी प्रान्त-प्रन्तको नाममा
त्यसैले सुध्रिनुपर्छ, सच्चिनु पर्छ।
चाँडै होसमा आउ, मार्क्सबादको बदनामी नकमाउ
सच्चा मार्क्सबादी भएर देखाउ
यही शुभकामना तिमीहरुलाई।
-tarashwor@yahoo.com

No comments:

Post a Comment