जनता मर्न छन् तयार !!! हरिया डाँडा देउराली भञ्ज्याङ्ग ती हाम्रा साथी हुन सकेनौं हाम्ले जोगाई राख्न पुर्खाले जोड्या सुन। पूर्वमा मेची, पश्चिममा काली बिचमा गण्डकी देश बेचीसके देशद्रोहीहरु पारेर बन्दगी। धिप-धिप बल्दै थियो बत्ति त्यो अधेरी रातमा १९५० मा गण्डकी गयो बैरीको हातमा। आमाका आँशु सकिदै छन् है, रात दिन रोएर स्वभिमानी छाँती दुःखाउदै छिन है, ती आँशुले धोएर। सपुतका मुटु दुःख्ननै पर्छ आमाको बेथाले माहाकाली प्याकेज टनकपुर हुदै लाने भो बैरीले। एकताको भिख माग्दै हिड्छिन् आमा, देउराली भञ्ज्याङमा आमाको बेथा देख्दैनन् नेता, यो हाम्रो देशमा बिदेशी दलाल, नेपाली हलदार मधेसे जालमा फसाउदै छन है नेपाली भूमि छेपारे चालमा रित्तिने भयो यो देशको जल-थल, हामीले नबुझ्दा नेपालको शिर गिर्दैछ फेरी ती, दलाल भित्रिंदा। त्यो कालो विधेक नागरिकता ऐन २०६३ पास गर्दा बिदेशी दलाल फूरुङ्ग भए राष्ट्रको, स्वाभिमान नाश गर्दा। कालो विधेकको भरमा नागरिकता बाड्दा, बिदेशी हर्षमा जनसंख्या हेरी निर्वाचनक्षेत्र बढाइए त्यही, कालो बर्षमा आन्दोलन गरे स्वार्थको लागी संघीयता रे निशान माओबादी नारा जातीय लडाई! गरेर किटान सहमति गरे सात दल अनि, माओबादी मिलेर किनिए नेता समग्र मधेश एक प्रदेश भनि, राष्ट्रिय स्वाभिमान छिनेर। आएको हैन संघीयता देशमा बिकाश गर्नलाई ल्याइएको हैन सबैलाई समान अधिकार दिनलाई। नेता जी ले ल्याएका हुन यो, मालिकलाई हँसाउन जातिय जाल बिछ्याउँदै यिनले, जनता फसाउन। खबरदार दलाल, देश द्रोहीहरु! भ्रममा नपार स्वीकार्ने छैनन् संघीयता जनता, बरु मर्न छन् तयार। जनता मर्न छन् तयार।। नोट: कवितामा कालो बर्ष भनेर जन्मको आधारमा नागरिकता दिने विध्यक पासा गरेपछिको समयलाई भनिएको छ। :- ताराश्वर शर्मा बाग्लुङ, हाल दोहा कतार
|
ताराश्वर जी नमस्कार
ReplyDeleteतपाइले दुइवटा कविता अपडेट गर्नुभएकोमा साहै्र खुशी लागेको छ। मैले बनाएका थुप्रै ब्लग, वेभसाइट र अनलाइन छन् तर अपडेट गर्न साह्रै गाह्रो हुन्थ्यो। तर तपाइले कविताको साथै आफनो फोटो पनि इमेलसाथ पठाएको भए सान्दर्भिक हुने थियो कि । र, तपाइले आफना कविता प्रिती अथवा टेक्स्ट फन्टमा पठाउनुभएको भए वीरगंजको स्थानीय दैनिक तथा अन्य साप्ताहिकहरुमा पनि प्रकाशित गर्न सक्थ्यौं ।
मुकेश बस्नेत
वीरगंज