Monday, January 11, 2010

खबरदार ! देशद्रोहीहरु !

खबरदार ! देशद्रोहीहरु !

खुल्ला तर जञ्जिर भित्र, आँखा तर अन्धा जस्तै

स्वार्थी, बाहिर मन्दिरजस्तै, आवेग,तर बन्दी जस्तै

राजनीति र जनता बिचमा, किन यस्तै तानातानछ,

एक अर्काको प्रबल निर्बल दुबै फेरी जानाजान छ।

चरम आक्रोश प्रस्फुटन भो, तैराउनलाई लुक्दै उनै

आशा छिट्टै पूर्ण बिराम, भाषण ठूला फूक्दै उनै।

फेरी आक्रोश मन्द मन्द , मालामाल झन देशैबेची

आकर्षण र विकर्षणमा जानाजान झनै भेषै बेची।

राजनीति र जन्ता बिचमा किन यस्तै पैंठे जोरी

सोझाहरु इचाई-मिचाई भन्दै उनी दुबै कुर्ची कुरी।

उग्रबादमा मिठा नारा, सोझा जनता अतमलमा

नीति बिहिन हुदै छाडा, रोपाई जस्तै दलदलमा।

फेरी बिचमा अर्को पसी जनता "वा" मा टोलाउदै

सामान्तिले प्रगतिशील स्वरुप पार्दै उनै बोलाउदै

राजनीति र जनतामा किन यस्तो दाउपेच हुन्छ

धनीहरुमा खुसी अर्कै, गुहार माग्दै  राष्ट्र रुन्छ।

तर अब खवरदार है, ब्यूझदैछन मजदुर किषान

देश बेच्न टुक्रउदै छौ, संघीयताको बनाई निसान।

प्रतिकारमा उठे जनता, ठाऊ-ठाऊमा मसाल बाली

बडार्नेछन् छिट्टै अब, देशद्रोही लाई गर्दै खाली।

दलालहरुहो खबरदार ! सम्झौता लाई बन्द गर

सक्छौ भने अन्धविश्वाश र कुरीतिलाई बन्द गर।

दिन दाहाडै सोझा जनता लुट्न चुट्न बन्द गर,

सामाज्यबाद र बिस्ताबाद लखेट्नलाई बारुद भर।

गाउँ-गाउँ बस्ती-बस्ती गरिब किसान मनदुर जुट्दै

होशीयार देशद्रोही हो ! आँधी फेरी पनि छ फर्किदै।

हात-हातमा मसाल बोकी आन्दोलन छिट्टै चर्किदै

शिरमा आफ्नो कात्रो बोक्दै देशभक्त छन् कस्सिदै।

 

यो कविता कुनै सम्पादक ज्यू हरुसँग पुगेमा पत्र पत्रिका र अनलाइमा प्रकाशन गर्न सक्नुहुनेछ। लेखकः ताराश्वर शर्मा बागलुङ, हाल दोहा कतार

 


No comments:

Post a Comment