Posts

Showing posts from May, 2009
प्रोसेसिङ हुँदैछ...

चिर्न नदिऔं हाम्रो मुटुलाइ

-तारकेश्वर शर्मा किन गोड्दैछौं हामी सभ्यताका बीजहरू किन छर्दैछौं हामी विकृतिका फिंजहरू हामी भत्काउन जान्यौं तर कहिल्यै जानेनौं निर्माण गर्न हामी तोड्न जान्यौं तर कहिल्यै जोड्न जानेनौं हामी सधै सधै रोयौं केवल आफ्नो निम्ति तर कहिल्यै रोएनौं अरूका निम्ति न अरूको दुःखमा रून सिक्यौं न अरूको सुखमा हाँस्न सिक्यौं बीरताको इतिहासले रंगिएको यो देशको माटो कसको साहसले बाँच्यो? कसको बहादुरीमा फुल्यो? यो देशको माटो सुँघेर हेर यो देशको माटो नियालेर हेर जहाँ गन्ध आउँछ बलभद्र, अमरसिंह र भक्ति थापाको रगत जहाँ देखिनेछन् देशको निम्ति बली भएका हजारौं आदरणीय सहीदका तस्वीरहरू हाम्रा पुर्खाको पौरखमा आर्जेको यो देशलाई किन चिर्दैछौं हामी भागवण्डा लगाएर जातजातिको नाममा किन फोर्दैछौं हामी एउटा सिंगो देश किन जन्माउँदैछौं हामी व्यर्थमा द्वन्द्वका बीजहरू माटो जो कहिल्यै खण्डित हुँदैन माटो जसको कुनै मोल हुँदैन माटो जो ज्यादै शक्तिशाली हुन्छ माटोकै निम्ति माटोकै निम्ति जन्मिए हिरोसिमा र नागासाकीहरू माटोकै निम्ति जन्मिए सहीदका जुलुसहरू माटोकै निम्ति च्यातिए हजारौं मान्छेका खुशीहरू माटोकै निम्ति खर्चिए असंख्य अस्त्रहरू ...