Posts

Showing posts from 2009
प्रोसेसिङ हुँदैछ...

गजल------------------------

Image
सीधा कुरालाई टेढो कहिल्यै नबनाउनु अरूलाई जाली बातले कहिल्यै नफकाउनु बेसै होला नजानु परिणाम खराब पाए झूटो कुरामा मीठो सपना कहिल्यै नसजाउनु भुल्या छैन तल्लाघरका कान्छा दाइ बिदेशिएको त्यसैले बाह्य झिलीमिलीमा मन कहिल्यै नलगाउनु समयलाई सधै सम्झी बुझी हिंड्नु है जताततै मन खोली आंशु कहिल्यै नबगाउनु आंखा चिम्ली एउटा मनको बत्ती बाली हेर सत्य बोल्न भन्छिन् ँलक्ष्मी' कहिल्यै नडराउनु -लक्ष्मी शाक्य वीरगंज

आज रातमा मैले सपना देखें

उत्तर तिरको शिखर मौन थियो तराई र पहाड को निकटता टुटेझै कतै सद्यन्त्रकारीले बलजफत, घनिस्टता लुटेझै। महाकालीका छालहरुले स्वतन्त्रताको माग, गरिरहेका थिए। कोशीको बिक्षिप्त हिडाईमा ब्रेक मार्ने पराईहरु एन जि ओ आइ एन जि ओ द्वारा डलर भरिरहेका थिए। फेरी कोही भने, राष्ट्रियता, अखण्डता, स्वाधीनताको लागि , निस्फिक्री सँग लडिरहेका छन। बुज्न निकै कठिन थियो, थेरै जसोले आफ्नो असुहाउदो अनुहार बङाउदै, राष्ट्रको आजाद दिनहुं नङाउदै। तिनै भन्दै थिए जनता को लागि भनेर, हो, आज रातमा मैले यस्तो सपना देखें। गण्डकीको हिडाई अनौठो थियो। कर्णाली भन्दै थियो, मेरो ईज्जत लुटाईदैछ भनी, बागमती सुस्साउदै थियो, म बाट मेरा परिवार छुटाइदैछ भनी। जहाँ, भेरी,कणालि,मेचि,सेति,त्रिसुलि,राप्ती का, आवाज पनि उत्तिकै थिए। माने भञ्ज्याङ हरु नियास्स्रा देखिन्थे झरना ताल तलैयाहरु भने अपाङ्ग भेटिन्थे। बनमा बटुवा जिस्क्याउने कोईलिहरु, बोलदैनथे। डांफे मुनाल कालिजहरु, पहिलेझै आफुमा, कुरा खोल्दैनथे। वल्लो बनको चितुवा पल्लो बनमा जान नपाउनु आज सम्म उही बनमा बसेको भालुलाई, यो मेरो राज्य भनी, हरिणले धपाउनु हो, आज रातमा मैले यस्तो सपना देखें। ने...

रंग

Image
सप्तरंग बिना इन्द्रेणी सुसाउन सक्दैन रंगीन फूलहरु बिना बगैंचा शोभायमान देखिदैन तापनि किन चाहन्छ फूलहरु यहां अलग अलग रहन फूलहरु आ-आफनै जातमा रम्न खोज्छ भने एक अर्काको सुभाष कसरी लिन सक्छ रंगीचंगी फूलबिना बगैंचा कहां मुस्कुराउंछ एउटै साझा फूलबारीमा साना ठूला रंगीन फूलहरुले आफनै महत्व बोक्छ ठूलो र सानो भनि अन्तर गर्न कहां हुन्छ बिहानीको प्रभातमा सूर्य मुस्कुराउंदा देख्छौं हामी रंग रमाएको, उनमा जल चढाउंदा कसरी सक्छौं बस्न हामी भने रंगीचंगी बिना -यमुना मुना वीरगंज

गजल

Image
मेरो जीवनको हरेक पल पल तिमीलाई मेरी मायालु दिलको ताजमहल तिमीलाई फुल्यो यो मनको तलाउमा सिर्जनाको कमल प्रतीक प्रेमको यो निलकमल तिमीलाई सपनीमा पनि त्रि्रै सधैं विपनीमा पनि हु" गजलकार बनाए गजल तिमीलाई प्रेमको मंगल सुत्र प्रियतम् यो सिन्दुर प्रिये मा"याको उपहार अचल तिमीलाई मुटुको तिम्ले आफनो लेख्यौं निशानै निशान निशान प्रेमी लेखिएको यो सल तिमीलाई र् र्-इशहाक हुसैन ँनिशान' वीरगंज, १५ मर्ूर्ली, नयां टोल

विजया दशमीको शुभकामना

Image
कतै खुशी छ, कहि गम नेता छैन कोही भन्दा कोही कम विजया दशमीको शुभकामना दिउ कसरी १८ जिल्लामा मच्चिएको छ भोकमरी रूकुम र जाजरकोट छन् सुनसान माता दुर्गाले दिउन् उत्साहको बरदान कामना छ महंगाइको जीवन पथमा रातो टीका टल्काउन पाउन् सबैलाई निधारमा -कवि अरूण विक्रम शाह प्रभात काव्ययात्रा परिवार, वीरगंज

कविता

-दिल्ली बस्नेत- याद आयो भने आँखा बन्द नगर्नू भेट भएन भने पनि दु:ख नमान्नू हामी सधैँ सँगै हुनुपर्छ भन्ने केही छैन तर मित्रताको ढोका भने कहिले बन्द नगर्नू ठाँउ ठाँउमा टुटे पनि जमेको छ जिन्दगी बेदनाको सगर बिच रमेको छ जिन्दगी आगो बनी दुनिया सँग तापेको छ जिन्दगी रोदन र आँसु सँग कापेको छ जिन्दगी मध्यरात मसानघाटमा बसेको छ जिन्दगी

प्रभात काव्ययात्रा

Image
-अरुण विक्रम शाह- पुष्प र पल्लवितका प्रकाश लिएर प्रतीक दैनिक कार्यालयका प्रधान सम्पादक जगदीश शर्माको घरबाट आरम्भ भएको प्रभात काव्ययात्रा संस्थाले उपमहानगरपालिका वीरगंज नगरीलाई झकमक्क उज्यालो पारी समाजमा रहेका विकृति र विसंगति हटाउंदै साहित्यको विकास पथमा माधुरी फैलाइ राष्ट्र र राष्ट्रियताको सेवा गर्दै १३ वर्षपूरा गरी १४ औं वर्षो खुडकिला चढी अघि लम्कदैछ। साहित्य सिर्जनामा रमाउने वर्गहरूले आप\mनो भाव प्रकट गर्नको लागि नै प्रभात काव्ययात्रा एउटा थलोको रूपमा र्सजकहरूबाट उदय भएको हो। यस परिवेशमा स्रष्टाहरूले जुन मांया दिएर अघि बढ्न सघाए जसको गाथा वर्ण्र्ाागरेर साध्य छैन। उनीहरू आज धन्यवादको पात्र बनेका छन्। काव्ययात्राको न कुनै अध्यक्ष र सदस्य नै छन्। टुहुरो भएकाले अत्याधिक मांया दिएर अघि बढाउन प्रयत्न गर्ने र्सजक धर्मेन्द्र भट्टराइ, डा. घनश्याम परिश्रमी, डा.विश्वम्भर शर्मा, गोविन्दबाबु तिवारी, क्याप्टेन स्व. जनकबहादुर राणा, स्व. बन्धु पन्त, स्व. मथुरामान सिंह, मुकुन्द आचार्य, भाग्यनाथ गुप्ता, पं. दीपनारायण मिश्र, चन्द्रकिशोर झा, सुभाष चन्द्र पौडेल, गंगाबहादुर थापा, शान्त बस्नेत, निर्मोही...

योगा अपनाउ

- शिल्पी पाण्डे- स्वस्थ्य जीवन जिउनु छ त योगलाई अपनाउनुपर्छ सधैं गर्र्छौ योगक्रिया कहिले पनि रोगी हुंदैनौं पहिले योग योगी सम्म सीमित थियो तर अब योग घर-घरमा पुग्यो सबै घरमा छ योगको चर्चा बाबा रामदेवले ल्याउनुभयो योगी बनेर रामदेवको देश-विदेशमा योगको गाथा गाउनुभयो । -वीरगंज

खेल कुर्सीको

Image
खेल कुर्सीको त्यो पनि घुम्ने कुर्सीमाथिको बिहान बेलुका अघि-पछि लगाउने शक्ति उसको इशाराले नचाउने यस्तो पनि देखे मैले गजबको कार्यालय धस्साएको । जी हजुरका हजुर लगाइ टेलिफोन र चीटका भरमा जागिर त कसैलाइ बढुवा कोही अपग्रेड त कोही थप ग्रेड कोही पुरस्कृत त कोही तिरस्कृत यस्तो पनि देखें मैले गजबको कार्यालय धस्साएको । छक्क पर्छन सोझा-साझा त कोही हेर्‍या हेरै मूल्याकंनको आधार छैन चलखेल बढ्यो चम्चाहरुको खोक्रो पारे कार्यालय धमिराको चालमा भन्छन् देश यस्तै, अझ चर्को स्वर उसकै यस्तो पनि देखें मैले गजबको कार्यालय धस्साएको । कर्मचारी बीच-बीच ल्याइ फाटो चमत्कारी विभेद पार्ने कसैलाइ हंसाउने त कसैलाइ रुवाउने यस्तो पनि देखें मैले गजबको कार्यालय धस्साएको । निर्दोषलाई फसाउने, दोषीलाइ छुटाउने यस्तो पनि देखे मैले गजबको कार्यालयलाई धस्साएको । -लक्ष्मी शाक्य -वीरगंज

नेताको कहिले हुंदैन अपमान

Image
दिलको भेद कसैलाई नभन गम्भीर भएर अरूको कुरा सुन आश्वासनको दिएर प्रलोभन अघि बढ हुनेछ मान, सम्मान झूटको खेती नै राजनीति हुन् नेताहरूले हुने, नहुने कुरो गरी चुनावमा फलाक्ने गर्छन् निमुखाहरूले जतिसुकै भलाकुसारी गरून् गाउंघरमा फेरि उसैको जयजयकार गर्छन् जगत्को यही रीत छ रात-दिन जहां, तहां पछि नपर परिवर्तनका सपना देखाउन जनता सिधा र सोझा हुन्छन् जसले बिउ रोप्छ त्यसले रजाईं गर्छन् ँतर' शब्दले सिकाउंछ राजनीति गर्न कूटनीति भनेको नै शतरंजको चाल हुन् नेता हुंदैन कहिले अपमान जहां, तहां उसैको हुन्छ मान-सम्मान -अरुण विक्रम शाह

धूस्वां सायमिकी दीपा

- बसन्त महर्जन- कुनै समय एक समृद्ध र पहिचानयुक्त वस्ती थियो, धुलिखेल वरिपरीकै कुनै एउटा गाउँ । इतिहासका आरोह-अवरोहहरुलाई मूक दर्शक भई हेर्दै आएको त्यो गाउँमा एउटा नितान्त नौलो अनुहारको आगमनपछि गाउँमा निदाएका तरंगहरुसँगै दीपाको मनमस्तिष्कमा पनि हलचल र खलबल हुन्छ।सँगसँगै मनमा प्रश्न पनि- एउटा नौलो अनुहार, प्रसिद्ध लेखकका रुपमा गाउँमा चर्चित त्यो पुरुष को होला ? आफ्नै घरमा प्रायः पाहुना भइराख्ने र सबैसित घुलमिल हुने त्यो लेखकसँग मैले मात्रै किन बोल्न नपाउने ? कथा यहींबाट सुरु हुन्छ । एउटी महिला- दीपा।एउटा यस्तै अर्को गाउँकी छोरी अर्थात गाउँकी बुहारी- दीपा।बुहारी हुनु परेकोमा भन्दा बुहारी भएकै कारण त्यो मान्छेसित बोल्न नपाउँदा दीपा खिन्न हुन्छे।आफैदेखि रिसाउँछे पनि । यस्तै लेखकको मनमा तर्कना उठिरहन्थ्यो- आफूसँग सबैले बोल्ने, सबै नजिक नजिक आउन खोज्ने तर, बुहारी एउटी मात्रै टाढा किन- एक दिन आफ्नो जिज्ञासालाई थाम्न नसकेर बुहारीको सम्बन्धमा लेखकले दीपाको बारेमा परिवारसँग सोधपूछ गर्छ।जसबाट जिज्ञासा शान्त हुनुको बदलामा अझ अझ जिज्ञासा बढ्न थाल्छ । दीपाको हालत पनि लेखकको भन्दा फरक थिएन।यस्तैमा ए...

भुल्नु हुंदैन ती शहीदहरूलाई

Image
भूल्नु हुंदैन ती शहीदहरूलाई जसको बलिदानले देशमा गणतन्त्र आयो सबै नेपालीको मनमा खुशी छायो देवीलाल पौडयालले स्याङजाबाट ज्यान गुमाउनुभयो उमेशचन्द्र थापाले दाङ, घोराहीबाट आप\mनो जीवन नेपाल आमालाई चढाउनुभयो होरीलाल राना चौधरीले कैलालीबाट प्राण गुमाउनुभयो र् दर्शनलाल यादवले सप्तरीबाट जनआन्दोलनमा गोली खाइ प्राण गुमाउनुभयो । ती शहीदहरूलाई बिर्सनेहरूको कहिले भलो हुंदैन ती महान शहीदहरूले गर्दा देशमा लोकतन्त्र आएको हो । भीमसेन दहालले कास्कीकाट ज्यान दिइ देशको झण्डा फहराउनुभयो श्रीमती तुलसी क्ष्ँेत्रीले चितवनबाट ज्यान दिइ सुन्दर कहलाउनुभयो दुश्मनको गोलीले निमुखा जनताहरूलाई उडायो आप\mनो अस्तित्व आफै गुमायो शिवहरि कुंवरले काभ्रेबाट प्रँणको बलिदानी दिनुभयो यिनीहरू नै हुन् नेपाल आमाका सपुत विष्णु पाण्डेयले नवलपरासीबाट ज्यान दिइ राष्ट्र बचाउनुभयो हिरालाल गौतमले बाराबाट प्राणको आहुति दिनुभयो सेतु विकले बांकेबाट ज्यान दिइ नेपाल आमालाई स्वतन्त्र बनाउ भन्ने नारा लगाउनुभयो स्वतन्त्र बनाउं भन्ने नारा लगाउनुभयो सूरज विश्वासले झापाबाट जनान्दोलनमा जानुभयो राजन गिरी पनि झापाबाटै शहीद हुनुभयो धन्य हो यहांको सरकार...

चिर्न नदिऔं हाम्रो मुटुलाइ

-तारकेश्वर शर्मा किन गोड्दैछौं हामी सभ्यताका बीजहरू किन छर्दैछौं हामी विकृतिका फिंजहरू हामी भत्काउन जान्यौं तर कहिल्यै जानेनौं निर्माण गर्न हामी तोड्न जान्यौं तर कहिल्यै जोड्न जानेनौं हामी सधै सधै रोयौं केवल आफ्नो निम्ति तर कहिल्यै रोएनौं अरूका निम्ति न अरूको दुःखमा रून सिक्यौं न अरूको सुखमा हाँस्न सिक्यौं बीरताको इतिहासले रंगिएको यो देशको माटो कसको साहसले बाँच्यो? कसको बहादुरीमा फुल्यो? यो देशको माटो सुँघेर हेर यो देशको माटो नियालेर हेर जहाँ गन्ध आउँछ बलभद्र, अमरसिंह र भक्ति थापाको रगत जहाँ देखिनेछन् देशको निम्ति बली भएका हजारौं आदरणीय सहीदका तस्वीरहरू हाम्रा पुर्खाको पौरखमा आर्जेको यो देशलाई किन चिर्दैछौं हामी भागवण्डा लगाएर जातजातिको नाममा किन फोर्दैछौं हामी एउटा सिंगो देश किन जन्माउँदैछौं हामी व्यर्थमा द्वन्द्वका बीजहरू माटो जो कहिल्यै खण्डित हुँदैन माटो जसको कुनै मोल हुँदैन माटो जो ज्यादै शक्तिशाली हुन्छ माटोकै निम्ति माटोकै निम्ति जन्मिए हिरोसिमा र नागासाकीहरू माटोकै निम्ति जन्मिए सहीदका जुलुसहरू माटोकै निम्ति च्यातिए हजारौं मान्छेका खुशीहरू माटोकै निम्ति खर्चिए असंख्य अस्त्रहरू ...

दुःख नै मेरो साथी रहेछ

Image
-अरुण विक्रम शाह दुःखको आंसु पिएर बांचिरहेछु दर्ुइ दिनको चोलामा जहर खाइरहेछु सुखको सपना बटुलेर भौतारे गोरेटोमा आसगरी केही क्षण दुःखलाई भुलेर रमाउन प्रयास गरे सपनाको महल हेरी यता उता गर्दै भावनाको सागरमा खेल्न थाले कुरा भविष्यलाई सम्झेर जीवनको उकाली-ओरालीमा दुःखले पिछा कहिले छाड्ला भनेर ऐनामा आफ्नै मुहार हेरी सोचे कहिले बनेन सुखको साथी मेरो जीवनपथको संर्घष्ामा विस्तारै-विस्तारै आसैआसमा ढल्दैछ दिन मेरो आपत र विपतको हर मोडमा साथ निभाउन साथी बनेर आउंछ यस्तैनै रहेछ संसार दर्ुइ दिनको चोलामा दुःख नै मेरो साथी रहेछ ।