Posts

Showing posts from August, 2009
प्रोसेसिङ हुँदैछ...

कविता

-दिल्ली बस्नेत- याद आयो भने आँखा बन्द नगर्नू भेट भएन भने पनि दु:ख नमान्नू हामी सधैँ सँगै हुनुपर्छ भन्ने केही छैन तर मित्रताको ढोका भने कहिले बन्द नगर्नू ठाँउ ठाँउमा टुटे पनि जमेको छ जिन्दगी बेदनाको सगर बिच रमेको छ जिन्दगी आगो बनी दुनिया सँग तापेको छ जिन्दगी रोदन र आँसु सँग कापेको छ जिन्दगी मध्यरात मसानघाटमा बसेको छ जिन्दगी

प्रभात काव्ययात्रा

Image
-अरुण विक्रम शाह- पुष्प र पल्लवितका प्रकाश लिएर प्रतीक दैनिक कार्यालयका प्रधान सम्पादक जगदीश शर्माको घरबाट आरम्भ भएको प्रभात काव्ययात्रा संस्थाले उपमहानगरपालिका वीरगंज नगरीलाई झकमक्क उज्यालो पारी समाजमा रहेका विकृति र विसंगति हटाउंदै साहित्यको विकास पथमा माधुरी फैलाइ राष्ट्र र राष्ट्रियताको सेवा गर्दै १३ वर्षपूरा गरी १४ औं वर्षो खुडकिला चढी अघि लम्कदैछ। साहित्य सिर्जनामा रमाउने वर्गहरूले आप\mनो भाव प्रकट गर्नको लागि नै प्रभात काव्ययात्रा एउटा थलोको रूपमा र्सजकहरूबाट उदय भएको हो। यस परिवेशमा स्रष्टाहरूले जुन मांया दिएर अघि बढ्न सघाए जसको गाथा वर्ण्र्ाागरेर साध्य छैन। उनीहरू आज धन्यवादको पात्र बनेका छन्। काव्ययात्राको न कुनै अध्यक्ष र सदस्य नै छन्। टुहुरो भएकाले अत्याधिक मांया दिएर अघि बढाउन प्रयत्न गर्ने र्सजक धर्मेन्द्र भट्टराइ, डा. घनश्याम परिश्रमी, डा.विश्वम्भर शर्मा, गोविन्दबाबु तिवारी, क्याप्टेन स्व. जनकबहादुर राणा, स्व. बन्धु पन्त, स्व. मथुरामान सिंह, मुकुन्द आचार्य, भाग्यनाथ गुप्ता, पं. दीपनारायण मिश्र, चन्द्रकिशोर झा, सुभाष चन्द्र पौडेल, गंगाबहादुर थापा, शान्त बस्नेत, निर्मोही...