Monday, January 11, 2010

जनता मर्न छन् तयार !!!

जनता मर्न छन् तयार !!!

 

 

हरिया डाँडा देउराली भञ्ज्याङ्ग ती हाम्रा साथी हुन

सकेनौं हाम्ले जोगाई राख्न पुर्खाले जोड्या सुन।

पूर्वमा मेची, पश्चिममा काली बिचमा गण्डकी

देश बेचीसके देशद्रोहीहरु पारेर बन्दगी।

 

धिप-धिप बल्दै थियो बत्ति त्यो अधेरी रातमा

१९५० मा गण्डकी गयो  बैरीको हातमा।

आमाका आँशु सकिदै छन् है, रात दिन रोएर

स्वभिमानी छाँती दुःखाउदै छिन है, ती आँशुले धोएर।

 

सपुतका मुटु दुःख्ननै पर्छ आमाको बेथाले

माहाकाली प्याकेज टनकपुर हुदै लाने भो बैरीले।

एकताको भिख माग्दै हिड्छिन् आमा,

देउराली भञ्ज्याङमा

आमाको बेथा देख्दैनन् नेता,  यो हाम्रो देशमा

 

बिदेशी दलाल, नेपाली हलदार मधेसे जालमा

फसाउदै छन है नेपाली भूमि छेपारे चालमा

रित्तिने भयो यो देशको जल-थल, हामीले नबुझ्दा

नेपालको शिर गिर्दैछ फेरी ती, दलाल भित्रिंदा।

 

त्यो कालो विधेक नागरिकता ऐन २०६३ पास गर्दा

बिदेशी दलाल फूरुङ्ग भए राष्ट्रको, स्वाभिमान नाश गर्दा।

कालो विधेकको भरमा नागरिकता बाड्दा, बिदेशी हर्षमा

जनसंख्या हेरी निर्वाचनक्षेत्र बढाइए त्यही, कालो बर्षमा

 

आन्दोलन गरे स्वार्थको लागी संघीयता रे निशान

माओबादी नारा जातीय लडाई! गरेर किटान

सहमति गरे सात दल अनि, माओबादी मिलेर

किनिए नेता समग्र मधेश एक प्रदेश भनि,

राष्ट्रिय स्वाभिमान छिनेर।

 

आएको हैन संघीयता देशमा बिकाश गर्नलाई

ल्याइएको हैन सबैलाई समान अधिकार दिनलाई।

नेता जी ले ल्याएका हुन यो, मालिकलाई हँसाउन

जातिय जाल बिछ्याउँदै यिनले, जनता फसाउन।

 

खबरदार दलाल, देश द्रोहीहरु! भ्रममा नपार

स्वीकार्ने छैनन् संघीयता जनता, बरु मर्न छन् तयार।

जनता मर्न छन् तयार।।


नोट: कवितामा कालो बर्ष भनेर जन्मको आधारमा नागरिकता दिने विध्यक पासा गरेपछिको समयलाई भनिएको छ। :- ताराश्वर शर्मा बाग्लुङ, हाल दोहा कतार


खबरदार ! देशद्रोहीहरु !

खबरदार ! देशद्रोहीहरु !

खुल्ला तर जञ्जिर भित्र, आँखा तर अन्धा जस्तै

स्वार्थी, बाहिर मन्दिरजस्तै, आवेग,तर बन्दी जस्तै

राजनीति र जनता बिचमा, किन यस्तै तानातानछ,

एक अर्काको प्रबल निर्बल दुबै फेरी जानाजान छ।

चरम आक्रोश प्रस्फुटन भो, तैराउनलाई लुक्दै उनै

आशा छिट्टै पूर्ण बिराम, भाषण ठूला फूक्दै उनै।

फेरी आक्रोश मन्द मन्द , मालामाल झन देशैबेची

आकर्षण र विकर्षणमा जानाजान झनै भेषै बेची।

राजनीति र जन्ता बिचमा किन यस्तै पैंठे जोरी

सोझाहरु इचाई-मिचाई भन्दै उनी दुबै कुर्ची कुरी।

उग्रबादमा मिठा नारा, सोझा जनता अतमलमा

नीति बिहिन हुदै छाडा, रोपाई जस्तै दलदलमा।

फेरी बिचमा अर्को पसी जनता "वा" मा टोलाउदै

सामान्तिले प्रगतिशील स्वरुप पार्दै उनै बोलाउदै

राजनीति र जनतामा किन यस्तो दाउपेच हुन्छ

धनीहरुमा खुसी अर्कै, गुहार माग्दै  राष्ट्र रुन्छ।

तर अब खवरदार है, ब्यूझदैछन मजदुर किषान

देश बेच्न टुक्रउदै छौ, संघीयताको बनाई निसान।

प्रतिकारमा उठे जनता, ठाऊ-ठाऊमा मसाल बाली

बडार्नेछन् छिट्टै अब, देशद्रोही लाई गर्दै खाली।

दलालहरुहो खबरदार ! सम्झौता लाई बन्द गर

सक्छौ भने अन्धविश्वाश र कुरीतिलाई बन्द गर।

दिन दाहाडै सोझा जनता लुट्न चुट्न बन्द गर,

सामाज्यबाद र बिस्ताबाद लखेट्नलाई बारुद भर।

गाउँ-गाउँ बस्ती-बस्ती गरिब किसान मनदुर जुट्दै

होशीयार देशद्रोही हो ! आँधी फेरी पनि छ फर्किदै।

हात-हातमा मसाल बोकी आन्दोलन छिट्टै चर्किदै

शिरमा आफ्नो कात्रो बोक्दै देशभक्त छन् कस्सिदै।

 

यो कविता कुनै सम्पादक ज्यू हरुसँग पुगेमा पत्र पत्रिका र अनलाइमा प्रकाशन गर्न सक्नुहुनेछ। लेखकः ताराश्वर शर्मा बागलुङ, हाल दोहा कतार

 


नेपालका मार्क्सबादीहरु

नेपालका मार्क्सबादीहरु 

 

अचम्म लाग्छ मलाई

हाम्रो देशका मार्क्सबादीहरुका

गतिवीधि र कार्यशैलीलाई देख्दा

धिक्कार्न मन लाग्छ मलाई

बोलाई र गराई बिचको,

नीति सिद्धान्त र व्यबवहार बिचको

यो गहिरो खाडल देख्दा

किन कि,

मैले सुनेको थिएँ, मार्क्सबादीहरु

अनुशाशित, मिलिटेन्ट र प्रखर योद्धा हुन्छन् भनेर

सर्वाहाराबादी दृष्टिकोण राख्छन् भनेर

द्वन्दबादी विश्लेशक र बस्तुबादी हुन्छन् भनेर

तर नेपालका मार्क्सबादीहरुले

ठ्याक्कै उल्टो व्यवहार देखाउछन्

नौलो जनबाद ल्याउने भनेर कहिले

व्याक्ति हत्याको राजनीति गर्छन्

बिचारले बन्दुक चलाउने होइन

बन्दुकले बिचार चलाउने गर्छन्

सर्वसाधारण, दुःखी, गरिबलाई साथ दिने होइन

खाना, बस्न र चन्दाको नाममा जवर्जस्ती गर्छन्

बन्दुक सोझाउँछन्, संगीन तेर्साउँछन्

बिकट गाउँका अभिभावक बिहीन बस्तीमा

आतंक मच्चाउँछन्, नौलो जनबादको नाममा

 

मैले सुनेको थिएँ, मार्कस्बादीहरु

प्रकृति प्रमी हुन्छन्, राष्ट्रिय सम्पतिको

जगेर्ना गर्छन् भनेर

तर हाम्रो देशका मार्क्सबादीहरुले

अनौठा काम गर्छन्

नदीनाला बेच्ने गर्छन्   

सन्धि सम्झौताको नाटक गरेर

राष्ट्रिय सम्पतिलाई सरकारीकरण गर्नुपर्नेमा

कर्तव्य बिमुखहुदै अरुहरुलाई सुम्पिन्छन्

नीजिकरण र उदारीकरणको फूलबुट्टा भरेर

खै कसरी विश्वास गर्नु यिनीहरुको

राष्ट्रिय सम्पतिको जगे{र्ना गर्छन् भनेर?

विकाश निर्माणका भौतिक पूर्वाधार,

बिजुली, टेलीफोनका टावर र पुल पुलेसाहरु

जि.वि.स. र गा.वि.स. भवनहरु

धोस्त पार्छन्, भत्काउँछन् गनेर।

पूरानो देख्नै नहुने रे Û

२० हजार नेपालीको रगतको खोलो बगाएर

त्यही संसदीय फोहोरी खेलमा फर्केपछि

१० बर्षमा नेपालाई स्वीजरल्याण्ड गराउने रे Û

 

मैले सुनेको थिएँ, मार्क्सबादी

धेरै सोचे, सम्झेर बोल्छन् भनेर

जे बोल्छन्, त्यही गर्छन् भनेर

सधैं तथ्य संगत कुरा गर्छन् भनेर

तर हाम्रो देशका मार्क्सबादीहरु

कहिले भारत सँग सुरुङ युद्ध छेड्नलाई

मध्ये पहाडी जिल्लामा सुरुङ खन्न लगाई

सर्वसाधारणलाई सताउँछन्

त कहिले,

भारतीय जातीबादी, धर्मबादी, क्षेत्रबादी नेतालाई

आफ्नो अभिभावक बताउँछन्।

आन्दोलनमा छँदा पो गाली गरेको भारतलाई रे Û

सरकामा आएपछि त्यो भन्न मिल्दैन रे Û

अमेरिका पुगे भने बहुदलिय प्रतिष्पर्दामा

पूर्ण कठिबद्ध छौ रे Û

सरकार चलाउन आवश्यक बहुमत नहुँदा पनि

उनकै सरकार हुनु पर्ने रे Û

भाषण गर्छन् खुल्ला मञ्चमा

आफ्नो सरकार बनाउनलाई

संवैधानिक प्रकृया पुरा गर्ने होइन

भाला तरवार बन्दुको भरमा

देश नै ठप्प पार्ने रे Û

आन्दोलनको आँधीबेरी ल्याउने रे Û

रुस पुग्दा क. लेलिनलाई भेटेको भए

उनलाई पनि उदारबादी बनाउथे रे Û

प्रधानमन्त्री बनी चिन भ्रमण जाँदा, क्रम भङ्गता रे Û

नेपाल फर्किन नपाउदै त्यो त संयोग मात्र रे Û

आफ्नो पहिलो राजनैतिक भ्रमण भारत नै हुने रे Û

 

मैले सुनेको थिएँ, मार्क्सबादीहरु

धर्म निरिपेक्ष हुन्छन्, भनेर

बिशुद्ध भौतिकबादी हुन्छन् भनेर

कसैलाई पनि जाती र धर्मको नाममा

जोर जुलुम गर्दैनन् भनेर

तर यहाँ त्यस्तो भएन

कहिले पण्डितका जनै काटिए त

कहिले आफ्ना बुवा आमाको क्रिया बसेको समयमा

अपहरण गरिए, जबरजस्ती गरिए, आतंक मच्चाइए।

लाचार, अविश्वसनिय, पशुबादी गौर हत्यकाण्ड पछि

कहिले आफ्नै नेतृत्वमा

विभिन्न धर्मालम्बीका पण्डित बोलाएर

संयुक्त रुपमा काज क्रिया गराइए।

हिन्दु धर्मावलम्वीहरुको मन्दिर पशुपतिमा

भारतिय पुजारी फेर्ने नाममा

बौद्ध धर्मका गुरु लिएर

पशुपतिमा नयाँ पण्डित घोषित गरियो

राजनीति घुसाइयो।

 

मैले सुनेको थिएँ, मार्क्सबादीहरु

सग्लो पृथ्वीलाई एउटा

साझाघर भन्छन् भनेर

विश्व सर्वहाराबादी हुन्छन् भनेर

जातिय, क्षेत्रिय र धार्मिक होइन

बर्गिय राजनीति गर्छन् भनेर

तर नेपालका माक्सबादीहरु

एउटा सिङ्गो स्वतन्त्र राष्ट्र नेपाललाई

टुक्रा टुक्रा पार्दैछन् संघीयताको नाममा।

संसारका मजदुर एक हौ भनि

लेख्छन् रे आफ्ना व्यानरहरुमा

नेपालका मार्क्सबादीहरु पनि

तर व्यवहारमा त यहाँ

नेपालका मजदुर विभाजित बनौं रे

जाती-जातीका नाममा Û

 

मैले सुनेको थिएँ, मार्क्सबादीहरु

राजतन्त्र, शोशक, सामान्तहरुका

बिरोधी हुन्छन् भनेर

तर हाम्रो देशका मार्क्सबादीहरु

सामान्तको नाइके राजालाई

दाम राखी दर्शन भेट गर्छन्

राजाको फोटामा गोली ठोक्न लगाई

स्वघोषित जनयुद्ध गर्ने मासर्क्सबादीहरु

पृथ्वीनारायण शाह देखि बिरेन्द्र सम्मकाका राजालाई

अत्यान्तै विश्वशनिय, उदारबादी र देशप्रेमी देख्छन्

 

मैले सुनेको थिएँ, मार्क्सबादले

दुई वा सो भन्दा बढी व्याक्तिहरु जम्मा भइ

गर्ने कामको लक्ष्यले भन्दा त्यसको परिणामले

धेरै महत्व राख्छ भनेर।

नेपालका मार्क्सबादीले पनि

लक्ष्य राखेका होलान, सरकारमा गएर

आफू सर्वेसर्वा भएर

सबै समस्या सजिलै मिलाउँछौ भन्ठानेर।

तर त्यति सजिलो कहाँ छ र

फुटेको हाँडी जोड्नलाई।

त्यसैले सुझाब दिदैछु मार्क्सबादीहरुलाई

नफुटाउ देशलाई जाती-जातीको नाममा

नभिडाउ मजदुरहरुलाई

विभाजन गरी प्रान्त-प्रन्तको नाममा

त्यसैले सुध्रिनुपर्छ, सच्चिनु पर्छ।

चाँडै होसमा आउ, मार्क्सबादको बदनामी नकमाउ

सच्चा मार्क्सबादी भएर देखाउ

यही शुभकामना तिमीहरुलाई।

 

नोटः १, आज मैले छुट्टै किशिमको कविता लेख्छु भनि कस्सिएको, कविता बन्यो कि बनेन म आफैलाई थाहा भएन। यो कवितामा भएका शाब्दिक, भाषिक र अन्य हजुरहरुले देखेका कमजोरीहरु औलाईदिनु हुनेछ भन्ने विश्वास लिएको छु। यो कविता पढेर मलाई वाम बिरोधी भन्ने नसोचिदिनु, म पनि वामपन्थिको शुभ चिन्तक नै हुँ।
२, यदि उपयुक्त लागेमा कुनै पनि पत्र पत्रिका र अनलाइनहरुमा प्रकाशित गर्न सक्नुहुनेछ। ताराश्वर शर्मा बागलुङ, हाल दोहा कतार फोन +९७४६६५६०२३


चलाऊँ देश बचाऊ अभियान !!!

चलाऊँ देश बचाऊ अभियान !!!

 

पूर्खाले एकिकरण गरिदिएको नेपाल

टुक्राउदैछन् संघीयताको नामले

विविध अनेकतामा एकता बोकेको हाम्रो सस्कृतिलाई

शदियौं देखिको जातीय सद्भावलाई

खलबलाउदै छन् जातिय संघीयताको नामले

१०३ जाती र ९२ भाषाभाषी भएको,

बताउछ सरकारी तथ्याङ्कले

कति टुक्रा पार्ने नेपाललाई?

राज्य सञ्चालनका आधार के?

जानाकारी गराइएन हामीलाई।

 

एकै सरकारका कर्मचारीलाई तलब खुवाउनलाई,

अहिले नेपाल सरकारले

विश्वभरी हात फैलाउछ, भिख माग्छ,

शिर झुकाउछ, आर्थिक अभावले

धेरै सरकारका कर्मचारीहरु

 जो अलग-अलग हुनेछन्

केन्द्र र प्रान्तहरुमा

कहाँबाट तलब दिनेछन्, ती राजनेताहरुले?

क्षुद्र योजना पनि पूरा गर्न सक्दैन

भरपुर शक्ति खर्चिदा पनि हाम्रो सरकारले

कसरी सम्भव गराउँछ देशको समग्र विकाश

त्यो पूर्ण रुपमा विभाजित संघीयताले?

किन?,

जातीय संघीयताका नारा दिन्छन् त्यहाँ

नयाँ नेपालका कुरा गर्छन् यहाँ।

ती माक्सबादका डिग्रीहोल्डरहरुले

द्वन्दबादी विश्लेशकहरुले

अब्बल दर्जाका क्रान्तिकारीहरुले !

मात्र सत्तामा पुग्नको लागी

अनि,

सत्तिय कुर्चीको लागी

आफ्ना नाता-पाता भाइ भतिजालाई

सरकारी जागीर खुवाउनको लागी

केन्द्रको राजा बन्न नसके पनि

प्रान्तको संराट बन्नको लागी

भुरे-टुकुरे, वाइसे-चौबिसे

राज्यमा नेपाल फर्काउनको लागी।

 

मतलब छैन यी नेतालाई

आफ्नो आमाको अस्थित्वको,

आफ्नै सन्ततीको भविश्यको

थाहा छैन यिनलाई

संघीय रुपि गोगनले

कसरी खानेछ हाम्रो देश नेपाललाई

 

एक केन्द्र सरकार अनि

प्रान्तिय सरकार, संसद, अदालत त्यस्तै रुपले

विभाजित गराउदैछन् सार्वभौम सत्ता

कमजोर बनाउदै राष्ट्रिय आत्मबल

यो संघीयताको नामले।

केन्द्रको आदेश अस्वीकार गर्न सक्छ

कुनै प्रान्तको बहुमतले।

दाउपेज चल्न सक्छ

प्रान्तहरु बिच अति उग्ररुपले।

सिमा, प्राकृतिक सम्पदा, भौतिक पूर्वाधार

र आर्थक उत्पादनको कारणले

कसरी हुन सक्छ देशको समानुपातिक बिकास !

कसरी लागु हुन्छ केन्द्रिय नीति?

कसरी भन्न सक्छौ र तिमी

समानुपातिक अधिकार दिन्छ र, यो संघीयताले?

 

षडेन्त्र हुदैछ पहाडीलाई हटाउने मधेशबाट

त्यो क्षेत्रिय संघीयताको नामले  

तमुवान, खुम्बुवान, थारुहट, मगरातमा

लडाईदैछ जनजातीलाई आफू-आफूमा      

त्यही जातिय संघीयताको नामले !

 

आत्मनिर्णको अधिकिर नहुँदा

राष्टिय त्रिकोणित झण्डा पोल्नेहरुले

आत्मअधिकार सहितको मधेश दिएमा

नेपाली नै भै दिन्छन् रे !

बोलिदैछ खुल्ला मञ्चबाट

उनीहरुले भनेको नभए नेपाल नै नरहने रे !

 

आएको छ यो संघीयता बिकी डलरमा

बिस्तारबादी कुटिल चालले

आएन कहिल्यै संघीयताको माग

०७, ०३६, ०४६, ०६२/६३ कहिल्यै पनि

मागेका होइनन् संघीयता नेपाली जनताले

संघीयता हामीलाई आवश्यक छ भनि।

त्यसैले,

आउ नेपाली, सबै मिलौं बचाऊँ हाम्रो देश

कलम चलाऊँ, दिमाग खियाऊँ, रगत बगाऊँ

बचाउन हाम्रो प्यारो देश।

देश हाम्रो मुटु हो, देश हाम्रो आत्मा,

देश हो हाम्रो पहिचान।

जुटौ सारा सचेत-शिक्षित युवा

चलाऊँ देश बचाऊ अभियान।

जुटौ सारा सचेत-शिक्षित युवा

चलाऊँ देश बचाऊ अभियान।।

 

नोटः यदि यहाँहरुले उचित ठान्नुभएमा यो कवितालाई अनलाइन या पत्र पत्रिकामा प्रकाशित गर्न सक्नुहुनेछ। ः- ताराश्वर शर्मा बागलुङ, हाल दोहा कतार

फोनः +९७४६६५६०२३ इमेलः tarashwor@yahoo.com OR karunshar@yahoo.com


Sunday, January 10, 2010

नेपालका माक्सबादीहरु

-ताराश्वर शर्मा-
अचम्म लाग्छ मलाई
हाम्रो देशका मार्क्सबादीहरुका
गतिवीधि र कार्यशैलीलाई देख्दा
धिक्कार्न मन लाग्छ मलाई
बोलाई र गराई बिचको,
नीति सिद्धान्त र व्यबवहार बिचको
यो गहिरो खाडल देख्दा
किन कि,
मैले सुनेको थिएँ, मार्क्सबादीहरु
अनुशाशित, मिलिटेन्ट र प्रखर योद्धा हुन्छन् भनेर
सर्वाहाराबादी दृष्टिकोण राख्छन् भनेर
द्वन्दबादी विश्लेशक र बस्तुबादी हुन्छन् भनेर
तर नेपालका मार्क्सबादीहरुले
ठ्याक्कै उल्टो व्यवहार देखाउछन्
नौलो जनबाद ल्याउने भनेर कहिले
व्याक्ति हत्याको राजनीति गर्छन्
बिचारले बन्दुक चलाउने होइन
बन्दुकले बिचार चलाउने गर्छन्
सर्वसाधारण, दुःखी, गरिबलाई साथ दिने होइन
खाना, बस्न र चन्दाको नाममा जवर्जस्ती गर्छन्
बन्दुक सोझाउँछन्, संगीन तेर्साउँछन्
बिकट गाउँका अभिभावक बिहीन बस्तीमा
आतंक मच्चाउँछन्, नौलो जनबादको नाममा

मैले सुनेको थिएँ, मार्कस्बादीहरु
प्रकृति प्रमी हुन्छन्, राष्ट्रिय सम्पतिको
जगेर्ना गर्छन् भनेर
तर हाम्रो देशका मार्क्सबादीहरुले
अनौठा काम गर्छन्
नदीनाला बेच्ने गर्छन्
सन्धि सम्झौताको नाटक गरेर
राष्ट्रिय सम्पतिलाई सरकारीकरण गर्नुपर्नेमा
कर्तव्य बिमुखहुदै अरुहरुलाई सुम्पिन्छन्
नीजिकरण र उदारीकरणको फूलबुट्टा भरेर
खै कसरी विश्वास गर्नु यिनीहरुको
राष्ट्रिय सम्पतिको जगे{र्ना गर्छन् भनेर?
विकाश निर्माणका भौतिक पूर्वाधार,
बिजुली, टेलीफोनका टावर र पुल पुलेसाहरु
जि.वि.स. र गा.वि.स. भवनहरु
धोस्त पार्छन्, भत्काउँछन् गनेर।
पूरानो देख्नै नहुने रे
२० हजार नेपालीको रगतको खोलो बगाएर
त्यही संसदीय फोहोरी खेलमा फर्केपछि
१० बर्षमा नेपालाई स्वीजरल्याण्ड गराउने रे

मैले सुनेको थिएँ, मार्क्सबादी
धेरै सोचे, सम्झेर बोल्छन् भनेर
जे बोल्छन्, त्यही गर्छन् भनेर
सधैं तथ्य संगत कुरा गर्छन् भनेर
तर हाम्रो देशका मार्क्सबादीहरु
कहिले भारत सँग सुरुङ युद्ध छेड्नलाई
मध्ये पहाडी जिल्लामा सुरुङ खन्न लगाई
सर्वसाधारणलाई सताउँछन्
त कहिले,
भारतीय जातीबादी, धर्मबादी, क्षेत्रबादी नेतालाई
आफ्नो अभिभावक बताउँछन्।
आन्दोलनमा छँदा पो गाली गरेको भारतलाई रे
सरकामा आएपछि त्यो भन्न मिल्दैन रे
अमेरिका पुगे भने बहुदलिय प्रतिष्पर्दामा
पूर्ण कठिबद्ध छौ रे
सरकार चलाउन आवश्यक बहुमत नहुँदा पनि
उनकै सरकार हुनु पर्ने रे
भाषण गर्छन् खुल्ला मञ्चमा
आफ्नो सरकार बनाउनलाई
संवैधानिक प्रकृया पुरा गर्ने होइन
भाला तरवार बन्दुको भरमा
देश नै ठप्प पार्ने रे
आन्दोलनको आँधीबेरी ल्याउने रे
रुस पुग्दा क. लेलिनलाई भेटेको भए
उनलाई पनि उदारबादी बनाउथे रे
प्रधानमन्त्री बनी चिन भ्रमण जाँदा, क्रम भङ्गता रे
नेपाल फर्किन नपाउदै त्यो त संयोग मात्र रे
आफ्नो पहिलो राजनैतिक भ्रमण भारत नै हुने रे

मैले सुनेको थिएँ, मार्क्सबादीहरु
धर्म निरिपेक्ष हुन्छन्, भनेर
बिशुद्ध भौतिकबादी हुन्छन् भनेर
कसैलाई पनि जाती र धर्मको नाममा
जोर जुलुम गर्दैनन् भनेर
तर यहाँ त्यस्तो भएन
कहिले पण्डितका जनै काटिए त
कहिले आफ्ना बुवा आमाको क्रिया बसेको समयमा
अपहरण गरिए, जबरजस्ती गरिए, आतंक मच्चाइए।
लाचार, अविश्वसनिय, पशुबादी गौर हत्यकाण्ड पछि
कहिले आफ्नै नेतृत्वमा
विभिन्न धर्मालम्बीका पण्डित बोलाएर
संयुक्त रुपमा काज क्रिया गराइए।
हिन्दु धर्मावलम्वीहरुको मन्दिर पशुपतिमा
भारतिय पुजारी फेर्ने नाममा
बौद्ध धर्मका गुरु लिएर
पशुपतिमा नयाँ पण्डित घोषित गरियो
राजनीति घुसाइयो।

मैले सुनेको थिएँ, मार्क्सबादीहरु
सग्लो पृथ्वीलाई एउटा
साझाघर भन्छन् भनेर
विश्व सर्वहाराबादी हुन्छन् भनेर
जातिय, क्षेत्रिय र धार्मिक होइन
बर्गिय राजनीति गर्छन् भनेर
तर नेपालका माक्सबादीहरु
एउटा सिङ्गो स्वतन्त्र राष्ट्र नेपाललाई
टुक्रा टुक्रा पार्दैछन् संघीयताको नाममा।
संसारका मजदुर एक हौ भनि
लेख्छन् रे आफ्ना व्यानरहरुमा
नेपालका मार्क्सबादीहरु पनि
तर व्यवहारमा त यहाँ
नेपालका मजदुर विभाजित बनौं रे
जाती-जातीका नाममा Û

मैले सुनेको थिएँ, मार्क्सबादीहरु
राजतन्त्र, शोशक, सामान्तहरुका
बिरोधी हुन्छन् भनेर
तर हाम्रो देशका मार्क्सबादीहरु
सामान्तको नाइके राजालाई
दाम राखी दर्शन भेट गर्छन्
राजाको फोटामा गोली ठोक्न लगाई
स्वघोषित जनयुद्ध गर्ने मासर्क्सबादीहरु
पृथ्वीनारायण शाह देखि बिरेन्द्र सम्मकाका राजालाई
अत्यान्तै विश्वशनिय, उदारबादी र देशप्रेमी देख्छन्

मैले सुनेको थिएँ, मार्क्सबादले
दुई वा सो भन्दा बढी व्याक्तिहरु जम्मा भइ
गर्ने कामको लक्ष्यले भन्दा त्यसको परिणामले
धेरै महत्व राख्छ भनेर।
नेपालका मार्क्सबादीले पनि
लक्ष्य राखेका होलान, सरकारमा गएर
आफू सर्वेसर्वा भएर
सबै समस्या सजिलै मिलाउँछौ भन्ठानेर।
तर त्यति सजिलो कहाँ छ र
फुटेको हाँडी जोड्नलाई।
त्यसैले सुझाब दिदैछु मार्क्सबादीहरुलाई
नफुटाउ देशलाई जाती-जातीको नाममा
नभिडाउ मजदुरहरुलाई
विभाजन गरी प्रान्त-प्रन्तको नाममा
त्यसैले सुध्रिनुपर्छ, सच्चिनु पर्छ।
चाँडै होसमा आउ, मार्क्सबादको बदनामी नकमाउ
सच्चा मार्क्सबादी भएर देखाउ
यही शुभकामना तिमीहरुलाई।
-tarashwor@yahoo.com

Friday, January 8, 2010

जुन जोगी आए पनि......

-मुकेश बस्नेत -

जब हरुवा छेरुवा कुर्सीमा बस्यो
देश माकुनेको जालोमा फस्यो
बरियातीको टोलीले जगै हंस्यो
लेख्नै नजान्नेहरु संविधान लेख्न बस्यो

प्रचण्डको खोक्रो क्रान्तिकारी भाषण
गिरिजाको फोस्रो आश्वासन
देश भयो आन्दोलनमा व्यस्त
विचरा च.च.च. निरीह प्रशासन

धर्ूत फटाहा नेताहरुको ठूलो फुर्ति
बन्द, हडताल, चक्काजाम, क्षतिपूर्ति
भन्छन् प्रधानमन्त्री विदेशीको कठपुतली
देशका राष्ट्रपति किन भए मूर्ति ?

तर्राईमा विखण्डन फैलियो
पहाडी-मधेशीको साइनो मैलियो
आन्दोलनै आन्दालनले देश हल्लियो
अभाव, अशान्ति, अत्याचार फैलियो

जुनै जोगी अँए पनि कानै चिरेका
यी नेताहरुले किन जनतालाई पिरोलेका ?
टायरको धुंवाबाट आप\mनो अभिष्ट पकाएका
सांसद मन्त्री बनेपछि गाउंघरकै बाटो तताएका ।

वीरगंज-१८

Sunday, December 20, 2009

गजल------------------------

सीधा कुरालाई टेढो कहिल्यै नबनाउनु
अरूलाई जाली बातले कहिल्यै नफकाउनु

बेसै होला नजानु परिणाम खराब पाए
झूटो कुरामा मीठो सपना कहिल्यै नसजाउनु

भुल्या छैन तल्लाघरका कान्छा दाइ बिदेशिएको
त्यसैले बाह्य झिलीमिलीमा मन कहिल्यै नलगाउनु

समयलाई सधै सम्झी बुझी हिंड्नु है
जताततै मन खोली आंशु कहिल्यै नबगाउनु

आंखा चिम्ली एउटा मनको बत्ती बाली हेर
सत्य बोल्न भन्छिन् ँलक्ष्मी' कहिल्यै नडराउनु
-लक्ष्मी शाक्य
वीरगंज